काठमाडौं । पार्टी रूपान्तरण विशेष चार महिने अभियान समापन भएसँगै सातै प्रदेशमा माओवादी केन्द्रको प्रदेशस्तरीय समीक्षा बैठक जारी रहेको छ । मङ्गलबारसम्म बागमती, सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा अभियानको समीक्षा सकिएको छ भने कोशी, गण्डकी र कर्णालीमा समीक्षा हुँदैछ ।
यद्यपि सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको बैठकले समीक्षा रिपोर्टलाई अन्तिम रूप दिन बाँकी रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार सातै प्रदेशले पालिकाबाट आएको रिपोर्टमाथि समीक्षा गरेपछि केन्द्रमा आइपुग्ने छ ।
अभियानको समीक्षा रिपोर्ट आउने क्रम जारी रहँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीभित्र निर्मम ढङ्गले अगाडि बढ्ने संकेत दिएका छन् । सोमबार राजधानीको नाचघरमा बागमती प्रदेशको प्रदेशस्तरीय समीक्षा बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको जस्तो ख्याल ठट्टा नठान्न नेताहरूलाई चेतावनी दिएका थिए । को–को केन्द्रीय सदस्यले जिम्मेवारी पूरा गरे/गरेनन् भन्ने निष्कर्ष निस्कने भन्दै उनले त्यसकै आधारमा केन्द्रीय समितिमा जिम्मेवारी दिने बताएका थिए ।
कार्यक्रममा उनले यो पटक राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटमा पनि हेडक्वाटरभन्दा परकालाई दिइएको दाबी गरेका थिए । चेतावनीपूर्ण शैलीमा उनले यो छनोटमा पनि वर्गतिर फर्किन बल भएको छ भन्ने याद गर्नुहोला’, भनेका थिए ।
सबै प्रदेशबाट रिपोर्ट आएपछि स्थायी समिति बैठक बोलाउने तयारीमा अध्यक्ष प्रचण्ड रहेका छन् । रिपोर्टका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर हुने र सोही आधारमा केन्द्रीय समिति बनाउने तयारीमा उनी जुटेका हुन् । फागुनको पहिलो साता हुने विधान अधिवेशनका लागि पार्टीले गठन गरेको मस्यौदा समितिले मस्यौदा बुझाइसकेको छ । कार्य विभाजनको विषयमा स्थायी समितिले निर्णय लिने भएको छ । स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ । पार्टीले गठन गरेको आन्तरिक मूल्याङ्कन समितिको प्रतिवेदनको आधारमा पदाधिकारीसहित केन्द्रीय समितिको जिम्मेवारी हेरफेर गरी विधान अधिवेशनमा जाने माओवादीको तयारी रहेको छ ।
मूलभूत रूपमा अभियान सफल भएको र सबै प्रदेशबाट आएको रिपोर्ट कार्डको आधारमा नेताहरूको कार्य विभाजन हुने महासचिव देव गुरुङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: