बारा । बाराको निजगढ नगरपालिकाले विरामीको घरघरमै पुगेर निःशुल्क उपचार शुरु गरेको छ । ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिन सुरु गरेको हो ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।
भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएका ज्येष्ठ नागरिकलाई घरमै आएर सेवा दिएकाले अहिले आएर स्थानिय सरकारले सरकार रहेको अनुभुत गराएको निजगढ नगरपालिका ११ रतनपुरकी १०२ वर्षिय वृद्धा अम्बिका कार्की र उनकी ६५ वर्षिय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण र उपचार गरेर कार्यक्रमको उद्धघाटन गरिएको थियो । नगरपालिकाका स्वास्थ्यकर्मीहरु घरमै आएर स्वस्थ्य परीक्षण र औषधि समेत वितरण गरेपछि अम्बिकाकी बुहारी रनमायाले खुसी व्यक्त गरिन ।
भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले नगरपालिका स्वास्थ्यकर्मीहरुले नगरका सबै वडामा घरदैलो गरेर विरामीहरुको पहिचान गरिएको र रक्त चाँप, मधुमेह जस्ता दीर्घरोगीहरुको जाँच समेत गरिएको बताए ।
यस कार्यक्रम क्रममा विरामीहरुको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ्ग, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको छ । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइ लगायतका उपचार गरिने बताईएको छ ।
पालिकाले जाँच गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरिने निजगढ नगरपालिकाका नगर प्रमुख सुरज पुरीले बताए । नगर प्रमुख पुरीले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हक प्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमान्दारिताका साथ काम गर्नुपर्ने बताए ।
नगर प्रमुख पुरीले जनताको स्वास्थ्य सुरक्षाको लागि राज्यले पनि ठूलो धनराशी खर्च गर्दैआएको बताउँदै लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए । उनले नगरबासीलाई स्वस्थ र निरोगी बनाउन नगरपालिकाले ‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम संचलन गरेको जानकारी दिए ।
यस कार्यक्रम अन्तगत नगरपालिकाले प्रत्येक महिना उनीहरुको स्वास्थ्य उपचार गरिने गरि कार्यक्रम बनाएको हो । गम्भीर समस्या भएका ज्येष्ठ नागरिकलाई थप उपचारका लागि समेत नगरपालिकाले सहयोग गदै आएको छ । पालिकाभरका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: