काठमाडाैं । कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै सर्वसाधरणमा त्रास पैदा भएको छ । हालसम्म यस भेरियन्टले सामान्य ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षणमात्रै देखिएकाले भयावह स्थिति सिर्जना नहुने भएपनि जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।
विशेष गरी वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्तिले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस २३ गते जिनोम सिक्वेन्सिङ प्रविधिबाट सङ्कलित १६ वटा नमुनाबाट ७ वटामा जेएन. १ को सङ्क्रमण पुष्टि भएको बताएको छ ।
ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ पनि अन्य भेरियन्टजस्तै खोकेर, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट अर्को व्यक्तिलाई सर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि नर्पुयाउने उनको भनाइ छ । नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको डा. पुनले बताए ।
हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ ले वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्ति बढी प्रभावित हुने देखिएकाले उनीहरूले विशेष सावधानी अपनाउनु पर्ने पुनको भनाइ छ ।
कसरी जोगिने नयाँ सब–भेरियन्टबाट ?
कोरोनाका अन्य भेरियन्ट जस्तै व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाड नगर्ने, जानै पर्ने भएमा मास्क लगाएर जाने, नियमित रूपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गरेर यसबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ । कोरोनाबाट बच्नमात्रै नभई बाहिर प्रदूषणबाट जोगिन पनि मद्दत पुग्ने भएकाले अनिवार्य मास्क लगाउन सरुवा रोग विशेषज्ञहरुको भनाइ छ ।
के हो नयाँ भेरियन्ट, कसरी हुन्छ भाइरस म्युटेसन ?
कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेसँगै त्यहीमध्येको एक नयाँ भेरियन्ट जेएन.१ हो । कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति जेएन.१ भएको चिकित्सकले बताएका छन् । जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको हो ।
भाइरसको विकास हुँदा वंशाणुगत संरचना परिवर्तन हुने विशेषज्ञ डा. अनुप बास्तोलाले बताए । भाइरस परिवर्तन हुँदा विभिन्न नयाँ प्रजाति जन्मिने र सो प्रजातिमध्ये केही भाइरसमात्रै बाँच्ने र भाइरसको परिवर्तित स्वरुप नयाँ भेरियन्ट देखापर्ने उनले बताए ।
धेरै भेरियन्टमध्ये केही भेरियन्ट सर्भाइब गरेर आफ्नो जेनेटिक सँगसँगै लैजान सक्ने क्षमता विकास गर्छन र यो नै म्युटेसन भएको भाइरसको नयाँ भेरियन्ट भनेर बुझिन्छ । जेएन.१ पनि परिवर्तित भाइरस नै भएको र जुन ओमिक्रोनको सब भेरियन्ट भएको उनले बताए । वर्ष दिनमा भाइरस परिवर्तन हुने हुँदा जसबाट भाइरसका विभिन्न प्रजाति विकास हुने उनको भनाइ छ ।
खोप लगाएका व्यक्तिलाई कति जोखिम ?
कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई नयाँ सब भेरियन्टले खासै प्रभाव नपर्ने चिकित्सकले बताएका छन् । तर खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, गर्भवती, दीर्घरोगका बिरामी बढी प्रभावित हुन सक्ने डा. पुनको अनुमान छ । कारोनाविरुद्धका खोप नलगाएका र पूर्ण रूपमा खोप नलगाएका व्यक्तिलाई खोप लगाउन चिकित्सकहरुको आग्रह छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: