Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ओमिक्रोनको नयाँ सब–भेरियन्टबाट कति छ भयावह ?

खबरडबली संवाददाता

काठमाडाैं । कोभिड–१९ (कोरोना) भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएसँगै सर्वसाधरणमा त्रास पैदा भएको छ । हालसम्म यस भेरियन्टले सामान्य ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षणमात्रै देखिएकाले भयावह स्थिति सिर्जना नहुने भएपनि जनस्वास्थ्यविद्हरुले सावधानी अपनाउन सुझाव दिएका छन् ।

विशेष गरी वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्तिले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस २३ गते जिनोम सिक्वेन्सिङ प्रविधिबाट सङ्कलित १६ वटा नमुनाबाट ७ वटामा जेएन. १ को सङ्क्रमण पुष्टि भएको बताएको छ ।

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ पनि अन्य भेरियन्टजस्तै खोकेर, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट अर्को व्यक्तिलाई सर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि नर्पुयाउने उनको भनाइ छ । नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको डा. पुनले बताए  ।

हालै पुष्टि भएको ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ ले वृद्धावृद्धा, गर्भवती, बालबालिका, दीर्घ रोग लागेका व्यक्ति बढी प्रभावित हुने देखिएकाले उनीहरूले विशेष सावधानी अपनाउनु पर्ने पुनको भनाइ छ । 

कसरी जोगिने नयाँ सब–भेरियन्टबाट ?

कोरोनाका अन्य भेरियन्ट जस्तै व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाहरूबाट ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाड नगर्ने, जानै पर्ने भएमा मास्क लगाएर जाने, नियमित रूपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गरेर यसबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ । कोरोनाबाट बच्नमात्रै नभई बाहिर प्रदूषणबाट जोगिन पनि मद्दत पुग्ने भएकाले अनिवार्य मास्क लगाउन सरुवा रोग विशेषज्ञहरुको भनाइ छ । 

के हो नयाँ भेरियन्ट, कसरी हुन्छ भाइरस म्युटेसन ?

कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेसँगै त्यहीमध्येको एक नयाँ भेरियन्ट जेएन.१ हो । कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति जेएन.१ भएको चिकित्सकले बताएका छन् । जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको हो ।

भाइरसको विकास हुँदा वंशाणुगत संरचना परिवर्तन हुने विशेषज्ञ डा. अनुप बास्तोलाले बताए । भाइरस परिवर्तन हुँदा विभिन्न नयाँ प्रजाति जन्मिने र सो प्रजातिमध्ये केही भाइरसमात्रै बाँच्ने र भाइरसको परिवर्तित स्वरुप नयाँ भेरियन्ट देखापर्ने उनले बताए । 

धेरै भेरियन्टमध्ये केही भेरियन्ट सर्भाइब गरेर आफ्नो जेनेटिक सँगसँगै लैजान सक्ने क्षमता विकास गर्छन र यो नै म्युटेसन भएको भाइरसको नयाँ भेरियन्ट भनेर बुझिन्छ । जेएन.१ पनि परिवर्तित भाइरस नै भएको र जुन ओमिक्रोनको सब भेरियन्ट भएको उनले बताए । वर्ष दिनमा भाइरस परिवर्तन हुने हुँदा जसबाट भाइरसका विभिन्न प्रजाति विकास हुने उनको भनाइ छ  ।

खोप लगाएका व्यक्तिलाई कति जोखिम ?

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई नयाँ सब भेरियन्टले खासै प्रभाव नपर्ने चिकित्सकले बताएका छन् । तर खोप नलगाएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, गर्भवती, दीर्घरोगका बिरामी बढी प्रभावित हुन सक्ने डा. पुनको अनुमान छ । कारोनाविरुद्धका खोप नलगाएका र पूर्ण रूपमा खोप नलगाएका व्यक्तिलाई खोप लगाउन चिकित्सकहरुको आग्रह छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending