Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

खबरडबली संवाददाता

काठमाडौं,। संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैछ ।  संघीय संसद सचिवालयका अनुसार सो बैठकहरू सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् ।

जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी छलफल हुनेछ । सो बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।

बिहान ११ बजे देखी सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने जनाउँदै बैठक बिहान ११ः३० बजेवाट सुरू गरिने समितिले जनाएको छ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने नेपालको संविधानको धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्ष पछी पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल सुरू हुनेछ । जसका लागि बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान संशोधन हुन्छ, गर्छ र गर्ने होः सरकारका प्रवक्ता गुरुङ

संविधान संशोधन हुन्छ, गर्छ र गर्ने होः सरकारका प्रवक्ता गुरुङ  काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा...

आयल निगम करिब १० अर्ब नाफामा

स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ

प्रधानमन्त्री ओलीसँग लिङ्देनले भेटेकै भाेलीपल्ट थापाकाे भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले बेग्लाबेग्लै ...

बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका निम्ति आवेदन आह्वान गरिएको छ । प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको निम्ति गठित सिफारिस समि...

सुबिसुले बुझायो ३१ करोड बक्यौता, पाँच वर्षका लागि पायो लाइसेन्स

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ । सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकर...

७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम व...

नेपाल बैंकका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

 काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसमा...

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

उदयपुर । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालय...

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

संखुवासभा ।  संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झण्डै ८० प्रतिशत सकिएपछि करिब चार स...

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु

धनकुटा  । धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा ब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy