काठमाडौं । दुई सातायता बुढानिलकण्ठ हात्तीगौंडामा केही नयाँ मानिसहरू ओहोरदोहोर भइरहेका थिए । उनीहरू फ्ल्याट तथा कोठा खोज्नेहरू थिए । कोही विदेश जाने सिलसिलाले आएको बताउँथे, कोही जागिर यतै भएकाले पायक पर्ने ठाउँ भन्थे ।
मंगलबार साँझ ती मानिसहरू हात्तिगौंडाको एउटा ठूलो सेतो बङ्गलामा छिरे । अग्लो पर्खाल लगाइएको भीआईपी बस्ने जस्तो देखिने घर थियो । गेटभित्र छिरेपछि देखियो पार्किङ गरिएको अवस्थामा महँगा गाडी र मोटरसाइकल ।
तीन करोड रुपैयाँ पर्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यामहा रे जेडआर स्कुटरलगायत थुप्रै महँगा सवारी साधन थिए त्यो घरमा ।
घरको वातावरण हेर्दा भाडामा लगाउने खालको जस्तो देखिँदैनथ्यो । जखमले कुकुर भुक्यो । कुकुर कराएपछि ढोकाबाट एक महिला रिसाउँदै बाहिर निस्किइन् । अनुमतिबिना आफ्नो गेटभित्र किन छिरेको भन्दै हकारिन् । उनीहरूले ‘फ्ल्याट खोज्न आएको’ बताए । ती महिलाले आफ्नो घरमा खाली नभएको र अन्तै खोज्न सुझाव दिइन् ।
ती मानिसहरूले अरू कहाँकहाँ छ भन्दै अलमलाइरहे । ती महिलाले झिँजो मान्दै उनीहरूलाई बाहिर लगार्न खोजिन् । ती मानिसहरूले खल्तीबाट आइडीकार्ड निकालेर आफूहरू सीआईबी भएको बताए । घरमा सर्च अपरेसन गर्न भित्र छिर्ने बताए ।
तुरुन्तै महिलाले घरको ढोकामा पुगेर एउटा स्वीच थिचिन् । माथिल्लो तलातिर एउटा घण्टी बजेको सुनियो । तुरुन्तै घर पछाडिबाट केही खसेको जस्तो आवाज आयो । घरको चौथौ तल्लाको झ्यालबाट रामबहादुर बम्जन हामफालेका रहेका रहेछन् । चौथौ तलाबाट फालहालेका उनी दोस्रो तल्लामा आइपुगे । पछाडिबाट सीआइबीको अर्को टोलीमाथि गएर बम्जनलाई समातिहाल्यो ।
अर्को टोलीले घरको कोठाकोठा छापा मार्यो । उनको घरबाट सिआईबीको टोलीले नेपाली र विदेशी मुद्राहरू भेट्यो । तीन करोड रुपैयाँ बढी रकम भेटियो । ‘अपरेसन ब्लु’ नाम दिएर थालेको कारबाहीमा कथित धर्मगुरु बम्जनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी गएका थिए । सीआईबीको टोलीले उनलाई झन्डै १५ दिनको रेकीपछि मंगलबार पक्राउ गरेको हो ।
बारा, सिन्धुली र सिन्धुपाल्चोकमा पटकपटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यसपटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिए । सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालिसकेका थिए । तर, सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन ।
बम्जन चार व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार थिए । पक्राउपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार सार्वजनिक गरेको छ । सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेशन ब्लु’ चलाइएको थियो। सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेशन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो ।
सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए । अब उनलाई सर्लाही पठाएर मुद्दा अघि बढाउने तयारी गरिएको छ ।
बमजनको घरबाटमा सर्च गर्दा तीन करोड नेपाली रुपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा भेटियो । १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको छ । बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: