Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कोठा खोज्दै बम्जनको बङ्गलामा पुग्दा

खबरडबली संवाददाता

काठमाडौं । दुई सातायता बुढानिलकण्ठ हात्तीगौंडामा केही नयाँ मानिसहरू ओहोरदोहोर भइरहेका थिए । उनीहरू फ्ल्याट तथा कोठा खोज्नेहरू थिए । कोही विदेश जाने सिलसिलाले आएको बताउँथे, कोही जागिर यतै भएकाले पायक पर्ने ठाउँ भन्थे ।

मंगलबार साँझ ती मानिसहरू हात्तिगौंडाको एउटा ठूलो सेतो बङ्गलामा छिरे । अग्लो पर्खाल लगाइएको भीआईपी बस्ने जस्तो देखिने घर थियो । गेटभित्र छिरेपछि देखियो पार्किङ गरिएको अवस्थामा महँगा गाडी र मोटरसाइकल ।

तीन करोड रुपैयाँ पर्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यामहा रे जेडआर स्कुटरलगायत थुप्रै महँगा सवारी साधन थिए त्यो घरमा  ।

घरको वातावरण हेर्दा भाडामा लगाउने खालको जस्तो देखिँदैनथ्यो । जखमले कुकुर भुक्यो । कुकुर कराएपछि ढोकाबाट एक महिला रिसाउँदै बाहिर निस्किइन् । अनुमतिबिना आफ्नो गेटभित्र किन छिरेको भन्दै हकारिन् । उनीहरूले ‘फ्ल्याट खोज्न आएको’ बताए । ती महिलाले आफ्नो घरमा खाली नभएको र अन्तै खोज्न सुझाव दिइन् ।

ती मानिसहरूले अरू कहाँकहाँ छ भन्दै अलमलाइरहे । ती महिलाले झिँजो मान्दै उनीहरूलाई बाहिर लगार्न खोजिन् । ती मानिसहरूले खल्तीबाट आइडीकार्ड निकालेर आफूहरू सीआईबी भएको बताए । घरमा सर्च अपरेसन गर्न भित्र छिर्ने बताए ।

तुरुन्तै महिलाले घरको ढोकामा पुगेर एउटा स्वीच थिचिन् । माथिल्लो तलातिर एउटा घण्टी बजेको सुनियो । तुरुन्तै घर पछाडिबाट केही खसेको जस्तो आवाज आयो ।  घरको चौथौ तल्लाको झ्यालबाट रामबहादुर बम्जन हामफालेका रहेका रहेछन् । चौथौ तलाबाट फालहालेका उनी दोस्रो तल्लामा आइपुगे । पछाडिबाट सीआइबीको अर्को टोलीमाथि गएर बम्जनलाई समातिहाल्यो । 

अर्को टोलीले घरको कोठाकोठा छापा मार्यो । उनको घरबाट सिआईबीको टोलीले नेपाली र विदेशी मुद्राहरू भेट्यो  । तीन करोड रुपैयाँ बढी रकम भेटियो । ‘अपरेसन ब्लु’ नाम दिएर थालेको कारबाहीमा कथित धर्मगुरु बम्जनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी गएका थिए । सीआईबीको टोलीले उनलाई झन्डै १५ दिनको रेकीपछि मंगलबार पक्राउ गरेको हो ।

बारा, सिन्धुली र सिन्धुपाल्चोकमा पटकपटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यसपटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिए । सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालिसकेका थिए । तर, सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन ।

बम्जन चार व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार थिए । पक्राउपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार सार्वजनिक गरेको छ ।  सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेशन ब्लु’ चलाइएको थियो। सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेशन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो ।

सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए । अब उनलाई सर्लाही पठाएर मुद्दा अघि बढाउने तयारी गरिएको छ ।

बमजनको घरबाटमा सर्च गर्दा तीन करोड नेपाली रुपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा भेटियो । १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको छ । बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending