Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मोरङमा सुरू भयो बायोग्यास उत्पादन , दैनिक ३० सिलिण्डर तयार हुने

खबरडबली संवाददाता

विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका-३ डकुवाडाँगामा ठूलो बायोग्यास प्लान्ट तयार भएको छ । गैरनाफामुलक संस्था जीवन विकास समाजले १० बिगाहा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार गरेको हो।

प्लान्टबाट उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजार पठाइन्छ। प्राङ्गरिक मल किसानले उपयोग गरिरहेका छन् । खेतीको समयमा सधैं किसानले रासायिनिक मलको अभाव झेलिरहेका हुन्छन् । रासायनिक मलको अभाव झेलिरहने किसानलाई सहजै मल उपलब्ध गराउने उद्देश्यसहित प्राङ्गारिक मल उत्पादन गरिरहेको बायोग्यास प्लान्टका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए ।

पहिलो चरणमा प्लान्टले प्राङ्गारिक मललाई पाँच केजीको प्याक बनाएर बजारमा पठाएको छ । २० र ५० किलोको प्याक पनि बजारमा ल्याउने तयारीमा छ। जीवन विकास ब्रान्डको पाँच किलोको प्राङ्गारिक मल प्रतिप्याकेट १५० रुपैयाँमा बिक्री हुन्छ। प्लान्टबाट निस्किएको ठोस पदार्थबाट प्राङ्गारिक मल बनाएको जीवन विकासले झोलबाट प्राङ्गारिक झोल मल उत्पादन गर्ने तयारी गरिरहेको छ।

झोल मल प्रयोगका लागि परीक्षण भइरहेको प्रमुख मण्डलले बताए। गत वर्ष धान र पटुवा बालीमा प्रयोग गर्दा झोल मलले उत्पादन बढाएको बताउँदै उनले पुन: परीक्षणपछि बजारमा पठाइने बताए। प्लान्टबाट दैनिक सात टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता छ। अहिले भने दैनिक डेढ टन मल उत्पादन भइरहेको छ।

मलसँगै सिलिण्डरमा ग्यास पनि

मलसँगै प्लान्टबाट ग्यास पनि उत्पादन भइरहेको छ। उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजारमा पठाइरहेको छ । ग्यास उत्पादनका लागि तीन हजार घनमिटरको डाइजेस्ट प्लान्ट तयार गरिएको छ। प्लान्टबाट उत्पादित मिथेन ग्यास स्वचालित मेसिनमार्फत सिलिन्डरमा भरिन्छ ।

प्लान्टले उत्पादन गरेको बायोग्यास सिलिन्डर विराटनगरका दुई उद्योगले प्रयोग गर्छन् ।केही महिनादेखि उत्पादन सुरू गरेको प्लान्टबाट दैनिक ३० सिलिन्डर ग्यास उत्पादन हुन्छ। खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तर्गत उत्पादन सुरू गरेको बायोग्यास एलपिजी ग्यासभन्दा सस्तो पनि छ।

‘एलपीजी र मिथेन ग्यासको क्षमता उस्तै छ, तुलनात्मक रुपमा मूल्यमा मिथेन ग्यास सस्तो पर्छ,’ बायोग्यास प्लान्टका प्रमुख मण्डलले भने,‘व्यावसायिक प्रयोजनका लागि बायोग्यास प्रभावकारी र सस्तो छ ।’

प्लान्टको क्षमता दैनिक ९०० केजी (१५० सिलिन्डर) बायोग्यास उत्पादन गर्ने हो । तर कच्चा पदार्थ(गोबर) अभावमा दैनिक १८० केजी (३० सिलिन्डर) मात्र उत्पादन भइरहेको छ । करिब साढे सात करोड लागतमा तयार भएको बायोग्यास प्लान्टको औपचारिक उद्घाटन भने २७ पुसमा गर्ने तयारी छ।

कसरी भरिन्छ ग्यास?

बायोग्यास प्रमुख मण्डलका अनुसार प्लान्टका लागि विराटनगर र आसपासमा रहेका गाई भैंसी फार्मबाट गोबर संकलन गरेर प्लान्टमा लगिन्छ। खरिद गरेको गोबरलाई डाइजेस्टर प्लान्टमा मेसिनबाट पठाइन्छ ।

डाइजेस्टर प्लान्टबाट पाइपलाइन हुँदै प्युरिफिकेसन प्लान्टमा मिथेन ग्यास जम्मा हुन्छ। प्युरिफिकेसन प्लान्टबाट स्वचालित कम्प्रेसर मेसिनबाट ग्यास सिलिन्डरमा भरिन्छ। ६ केजीको सिलिन्डर भरेपछि प्रयोगका लागि उद्योगमा पठाउने उनले बताए।

प्लान्टले उत्पादन गरेको ग्यास जीवन विकास डेरी उद्योग र दूध वाला डेरी फर्मले प्रयोग गर्छन्। बायोग्यास प्रयोग गरिरहेका उद्योगले एलपिजी ग्यास र दाउरा प्रयोग गर्न छाडेका छन्।  

दूध वाला डेरी उद्योगका सञ्चालक बिक्की अग्रवाल एलपिजी ग्यासको तुलनामा बायोग्यास निकै सस्तो भएकाले उत्पादन लागत कम भएको बताउँछन् । ‘एलपिजी भन्दा सस्तो छ, प्रभावकारिता उस्तै छ,’उनले भने,‘साना तथा मझौला उद्योगका लागि प्रभावकारी भयो, सिलिन्डर ठूलो भएका कारण घरका लागि चाहिँ प्रयोग गर्न गाह्रो छ।’

जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलका अनुसार बायोग्यासको प्रयोगले उत्पादन  लागत कम गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending