काठमाडौं । आजबाट कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु भएकाे छ । अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गरिएकाे हाे ।
कार्यक्रम आजबाट हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रशारण हुने छ । अंग्रेजी शब्दको ‘स्पेलिङ’ हिज्जे उच्चारण सम्बन्धी यो कार्यक्रमा माध्यमिक तह ‘११ र १२’ कक्षाका विद्यार्थीहरु सहभागी हुने बताइएकाे छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न ३५ शहरबाट अडिशनमार्फत छनौट
गरिएको छ ।
पूर्वको इलामदेखि पश्चिमको महाकाली सम्मका ३५ सहरका २८०० कलेजबाट झण्डै ६ लाख बिद्यार्थीहरु पहिलो अडिसमा सहभागि भएका आयोजक महेश पोखरेलले बताए । प्रत्येक सहरबाट पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई काठमाडौँ ल्याएर टेरिभिजनबाट प्रतिषपर्धा गराइने आयोजकले बताएको छ । ३५ सहरबाट जम्मा १०५ जनालाई टेलिभिजनबाट प्रतिष्पर्धा गराइने छ।
प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ । विजेताहरुमध्य प्रथम हुनेलाई ३ लाख, दास्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख र छात्रवृत्ति प्राप्त गर्ने छन्।
सरकारी र निजी बिद्यालय दुबैबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजार भन्दा बढिलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।
नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। २८ साता चल्ने उक्त कार्यक्रम पत्रकार भुषण दाहालले चलाउने छन।
अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: