Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

आजबाट कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन

खबरडबली संवाददाता

काठमाडौं । आजबाट कोलगेट नेपाल स्पेल बी’को पाँचौ सिजन कान्तिपुर टेलिभिजन बाट सुरु भएकाे छ । अंग्रेजी शब्दको स्पेलिङ उच्चारणसम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको शब्दभण्डार बढाउन गरिएकाे हाे  ।

कार्यक्रम आजबाट हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा प्रशारण हुने  छ । अंग्रेजी शब्दको ‘स्पेलिङ’ हिज्जे उच्चारण सम्बन्धी यो कार्यक्रमा माध्यमिक तह ‘११ र १२’ कक्षाका विद्यार्थीहरु सहभागी हुने बताइएकाे छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालभरका विभिन्न ३५ शहरबाट अडिशनमार्फत छनौट
गरिएको छ ।

पूर्वको इलामदेखि पश्चिमको महाकाली सम्मका ३५ सहरका २८०० कलेजबाट झण्डै ६ लाख बिद्यार्थीहरु पहिलो अडिसमा सहभागि भएका आयोजक महेश पोखरेलले बताए । प्रत्येक सहरबाट पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई काठमाडौँ ल्याएर टेरिभिजनबाट प्रतिषपर्धा गराइने आयोजकले बताएको छ । ३५ सहरबाट जम्मा १०५ जनालाई टेलिभिजनबाट प्रतिष्पर्धा गराइने छ।

प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्राण्ड फिनाले गरेर सञ्चालन गरिने छ । विजेताहरुमध्य प्रथम हुनेलाई ३ लाख, दास्रो हुनेलाई २ लाख र तेस्रो हुनेलाई १ लाख र छात्रवृत्ति प्राप्त गर्ने छन्।

सरकारी र निजी बिद्यालय दुबैबाट विद्यार्थीहरु सहभागी भएका थिए। कार्यक्रमको मुख्य प्रायोजक कोलगेट नेपाल रहेको र अडिसनकै क्रममा ८० हजार भन्दा बढिलाई डेन्टल चेकअप गराएको आयोजकले बताएको छ।

नेपाल स्पेल बि राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो। २८ साता चल्ने उक्त कार्यक्रम पत्रकार भुषण दाहालले चलाउने छन।

अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रमको रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending