Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

७४ जिल्लामा पुग्यो टेलिकमको अप्टिकल फाइबर

मुगु र डोल्पामा पनि एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने सरकारकाे योजना

खबरडबली संवाददाता

काठमाडौं  । नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटिएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधबारदेखि रुकुमपूर्वमा सञ्चालनमा आएसँगै एफटिटिएच ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयबाटै रुकुमपूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटिटिएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरेसँगै रुकुमपूर्व र रुकुमपश्चिमका सदरमुकाममा एकैसाथ अप्टिकल फाइबर सेवा आरम्भ भएको छ । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्नेछन् । 

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटिटिएच सेवा विस्तार गरिएको भए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रूपमा थपिएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्– ‘‘योसँगै आजदेखि देशका ७४ जिल्लामा नेपाल टेलिकमको एफटिटिएच सेवा पुगेको घोषणा गर्न पाउँदा गौरव महसुस भएको छ । बाँकी तीन जिल्लामा पनि जतिसक्दो चाँडो सेवा पुर्‍याउन नेपाल टेलिकमलाई आग्रह गर्न चाहन्छु ।’’

अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी रहेको छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटिटिएच सेवाको पहुँच विस्तार गर्ने योजना वार्षिक कार्यक्रममै राखेको जानकारी दिँदै मन्त्री शर्माले यो कामलाई शीघ्र रूपमा अघि बढाउन आग्रह गर्नुभयो । उनले भनिन्–‘ ‘एकातिर ७७ वटै जिल्लामा सेवा विस्तारका लागि लाग्नुपर्ने छ भने अर्कोतिर जिल्ला सदरमुकाबाट पालिका र वडा तहसम्म सेवा विस्तारका लागि ध्यान दिनुपर्ने आवश्यकता छ ।’’

सल्यानबाट करिब एक सय किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्‍याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ आजदेखि सेवा आरम्भ गर्न सफल भएकोमा नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राविधिकहरूलाई धन्यवाद दिँदै मन्त्री शर्माले द्रुत क्षमताको इन्टरनेट सेवा प्राप्त गर्न सफल भएकोमा दुवै जिल्लाका बासिन्दालाई बधाई ज्ञापन पनि गरिन्  । 

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमुना सेवा पुर्‍याउने जिल्लाको रूपमा अभियान थालिएको जानकारी दिइन् । 

रुकुम,रोल्पा नेपालमा गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने अग्रणी जिल्ला भएको उल्लेख गर्दै उनले हिजो जनताले बलिदान गरेर आजको राजनीतिक उपलब्धि प्राप्त भएकाले अब त्यस क्षेत्रका जनताको सेवालाई सरकारले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइन् ।

रुकुमको जीवनरेखाको रूपमा रहने गरी मध्यपहाडी लोकमार्ग विस्तार भएपछि यी जिल्लाको भूभागलाई समेट्ने करिब १२४ किलोमिटर खण्ड राष्ट्रिय राजमार्गसँग जोडिएको उल्लेख गर्दै मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेलामा तत्कालीन सरकारले मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०६४/०६५ देखि यो रूपान्तरणकारी योजनाको रूपमा अघि सारेको स्मरण गरिन् । 

‘‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको सबै खण्डमा अप्टिकल फाइवर पुर्‍याएर मध्यपहाडी लोकमार्गलाई सूचना महामार्गको रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको छ । मन्त्री शर्माले भनिन्– ‘‘यसबाट त्यसको क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।’’

रुकुमपूर्व र पश्चिम दुवै दुर्गम क्षेत्रका जिल्ला भएकाले पूर्वाधारको क्षेत्रमा गर्नुपर्ने धेरै कार्य बाँकी रहेको औँल्याउँदै उनले यसका लागि विकासका प्राथमिकता निर्धारण गरी तिनै तहका जनप्रतिनिधि र पदाधिकारी तथा कर्मचारीहरूको आपसी समन्वयात्मक पहलकदमीबाट उपलब्धि हासिल गर्न सकिने धारणा राखिन् । रुकुमपूर्वका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले सदरमुकामसम्म द्रुत गतिको इन्टरनेट पुर्‍याएकोमा धन्यवाद ज्ञापन गर्दै यो सेवालाई गाउँगाउँसम्म विस्तार गरिदिन आग्रह गरिन् । 

मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडीले कम्पनीका सेवा प्रवाहको बारेमा जानकारी गराएकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending