Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एक हजार पाउने आशामा बालक अपहरण गर्ने तीनजना पक्राउ

खबरडबली संवाददाता

विराटनगर । मोरङमा १० वर्षे बालक अपहरणमा सम्लग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादव रहेका छन् । 

मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई  बुधबार दिउँसो दुई बजेतिर घर नजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कुलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार  ‘बेलैमा प्रहरीले खबर पाएपछि केहीबेरमै बालकको उद्धार भएको हो र घटनामा संलग्न तीन जनालाई तत्काल पक्राउसमेत गर्न प्रहरी सफल भएको हो । उनका  अनुसार पक्राउ पर्ने तीनै जना भाडामा प्रयोग भएकाहरू हुन्। 

पक्राउ परेका युवाहरूले एक– एक हजार रूपैयाँ पाउने लोभमा बालकको अपहरण गरेको र ‘मुख्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ  । घर नजिकै खेलिरहेका बालकलाई  विराटनगरसम्म ल्याउने जिम्मा मिथिलेशकुमारले पाएका थिए। 

योजनाअनुसार मिथिलेशले अभिषेक र विवेकानन्दको सहयोगमा बालकलाई त्यहाँबाट लैजान सकेको प्रहरीले जनाएको छ । त्यहाँबाट साइकलमा हालेर विवेकानन्दले विराटनगरतिर लगेको र जहदाको नहरमा पुगेपछि मिथिलेशले फोन गरेर अभिषेकलाई बोलाएको देखिएको प्रहरीले जनाएको छ। 

‘अभिषेकको मोटसाइकलमा बालकलाई राखेर उनीहरु तीन जनाले विराटनगर–१५ स्थित श्रीराम स्कुल नजिकै अभिषेकको दाजुको कोठामा पुर्‍याएको देखिन्छ,’ डिएसपी दाहालले भने ।

अभिषेकको दाजु बस्ने घरमा बालक राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको र बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला  गरेपछि अपहरणकारी प्रहरी नियन्त्रणमा परेका थिए । दुई बजेतिर अपहरणमा परेका बालकको पौने चार बजेतिर उद्धार भएको थियो। 

प्रहरीले बालकलाई अपहरण गर्नुपर्ने कारण विस्तृत अनुसन्धानपछि खुल्ने बताएको छ । पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको ह्वाटसएपमा कुरा गरेको देखिएको प्रहरी भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending