विराटनगर । मोरङमा १० वर्षे बालक अपहरणमा सम्लग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादव रहेका छन् ।
मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई बुधबार दिउँसो दुई बजेतिर घर नजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कुलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
डिएसपी दाहालका अनुसार ‘बेलैमा प्रहरीले खबर पाएपछि केहीबेरमै बालकको उद्धार भएको हो र घटनामा संलग्न तीन जनालाई तत्काल पक्राउसमेत गर्न प्रहरी सफल भएको हो । उनका अनुसार पक्राउ पर्ने तीनै जना भाडामा प्रयोग भएकाहरू हुन्।
पक्राउ परेका युवाहरूले एक– एक हजार रूपैयाँ पाउने लोभमा बालकको अपहरण गरेको र ‘मुख्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घर नजिकै खेलिरहेका बालकलाई विराटनगरसम्म ल्याउने जिम्मा मिथिलेशकुमारले पाएका थिए।
योजनाअनुसार मिथिलेशले अभिषेक र विवेकानन्दको सहयोगमा बालकलाई त्यहाँबाट लैजान सकेको प्रहरीले जनाएको छ । त्यहाँबाट साइकलमा हालेर विवेकानन्दले विराटनगरतिर लगेको र जहदाको नहरमा पुगेपछि मिथिलेशले फोन गरेर अभिषेकलाई बोलाएको देखिएको प्रहरीले जनाएको छ।
‘अभिषेकको मोटसाइकलमा बालकलाई राखेर उनीहरु तीन जनाले विराटनगर–१५ स्थित श्रीराम स्कुल नजिकै अभिषेकको दाजुको कोठामा पुर्याएको देखिन्छ,’ डिएसपी दाहालले भने ।
अभिषेकको दाजु बस्ने घरमा बालक राख्न खोज्दा अपहरणकारीबीच नै विवाद भएको र बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला गरेपछि अपहरणकारी प्रहरी नियन्त्रणमा परेका थिए । दुई बजेतिर अपहरणमा परेका बालकको पौने चार बजेतिर उद्धार भएको थियो।
प्रहरीले बालकलाई अपहरण गर्नुपर्ने कारण विस्तृत अनुसन्धानपछि खुल्ने बताएको छ । पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको ह्वाटसएपमा कुरा गरेको देखिएको प्रहरी भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: