टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदैछ । २०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित यस पार्टीको महाधिवेशन तीन दिन हुने आयोजकले जनाएको छ ।
महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने पार्टी स्रोतले बताएको छ । नाउपाका अनुसार महाधिवेशबाट २९ पदाधिकारी, ५०१ केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको राजनीति दस्तावेज प्रस्तुत गर्नेछन् ।
२०७२ सालको थरुहट आन्दोलनको जगमा स्थापित यस पार्टी गत आम निर्वाचनको सम्मुखमा खोलिएको थियो । दल दर्ताको छोटो समयमै यस पार्टीले सुदुरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशबाट राम्रो जनमत प्राप्त गरेको थियो । जसका कारण प्रतिनिधिसभामा ४, लुम्बिनी ४, सुदुरपश्चिममा ७ सिट र मधेस प्रदेशमा १ सिट प्राप्त गरेको थियो ।
यस्तै स्थानीय तहमा चार पालिका प्रमुख, तीन पालिका उपप्रमुखसहित ९९ स्थानीय जनप्रतिनिधि जित्न सफल भएको थियो ।
पार्टीका वर्तमान संरक्षक रेशमलाल चौधरीले डिल्लीबजार कारागारबाट नै पार्टीको परिकल्पना तथा मार्गनिर्देशन गरेको थिए । उनी कारागारमा रहँदै स्थापना भएको पार्टीको अध्यक्ष हाल उनकै धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरी रहेकी छन् । रन्जिता हाल नेपाल सरकारको भुमि व्यवस्था, गरिबी तथा सहकारी निवारण मन्त्री हुन् ।
प्रथम महाधिवेशनबाट पार्टीका नेतृत्व रेशमले नै गर्नुपर्ने माग केही कार्यकर्ताले राखेका छन् । कतिपयले भने रन्जितालाई नै दाहोर्याउनु पर्ने अडान राखेका छन । महिला नेतृत्व नै हुँदा राम्रो सन्देश जाने कतिपय महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ ।
रेशमले भने अहिले तत्कालै कुनै निर्णय गरिसकेका छैनन् । यद्यपि महाधिवेशनबाट पार्टीको संरक्षक रहने व्यवस्था हटाइँदैछ । स्रोत भन्छ, ‘रेशम माननीय अब पार्टीको अध्यक्ष बन्नुहुन्छ, बन्नुपर्छ भन्ने हाम्रो माग थियो । अहिले पार्टीको संरक्षक पद हटाइँदैछ । यसको संकेत उहाँ अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भन्ने हो ।’
रेशम भने पार्टीको उद्घाटन सत्रपछि हुने बन्दसत्रका क्रममा आम महाधिवेशन प्रतिनिधिहरुको भावना अनुसार उचित निर्णय लिने बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष को बन्ने ? पदाधिकारी को बन्ने ? भन्ने कुरा महाधिवेशन प्रतिनिधिले छनौट गर्ने कुरा हो । उहाँहरुको निर्णय अनुसार नै पार्टी अघि बढ्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: