Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बमजनका विश्वास पात्रको बयान : सुरेशकुमार आले थाइल्याण्ड गए, अर्का भन्छन् - दक्षिण कोरिया

खबरडबली संवाददाता

काठमाडौं । २०७२ साल जेठ पहिलो साताको कुरा हो । निजगढ नगरपालिका-१२ रतनपुरी हल्खोरी जंगलभित्र रामबहादुर बमजनको आश्रममा अनुयायीहरू मात्रै बस्थे। राष्ट्रिय वन कब्जा गरेको आरोपमा २०७० सालमा बमजनलाई जंगलबाट प्रहरी, प्रशासन र वन सबै मिलेर लखेटेका थिए।

लखेट्नुपर्ने कारण वन क्षेत्र कब्जा गरेको एउटा छँदैथियो। अर्को, बमजनको तपस्या र ध्यान हेर्न मेला नै लाग्दा वन क्षेत्र मासिँदै अतिक्रमण बढ्न थालेको थियो । त्यहाँबाट लखेटिएपछि बमजन सिन्धुली पुगेका थिए। तर, जंगलभित्र एउटा आश्रम भने रहिरहेकै थियो, जहाँ केही अनुयायीहरू बस्थे ।

बमजन भागेपछि अनुयायीहरू पनि उनैसँग जालान् भन्ठान्दै प्रहरीले उनीहरूलाई केही समयसम्म बस्न दिइरह्यो । जितपुर सिमरा उपमहानगरपालिका-१८ (हालको ठेगाना) बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले त्यही आश्रममा बस्थे।

बमजन त्यहाँ हुँदा र सिन्धुली सरेपछि पनि उनी कहिलेकाहीँ घर गइरहन्थे। आले अन्तिमपटक २०७२ साल जेठ पहिलो साता घर पुगेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार उनले त्यसबेला आमा नन्दमायालाई भनेका थिए - म आश्रम छोडेर आएको, अब जान्नँ ।

उनले खोई किन त्यसो भने आमाले नि राम्रो सोधिनन् कि कसो, उनी छोराको निर्णयमा मनमनै गदगद् थिइन् ! तर, केही दिन बित्दै आलेलाई लिन आश्रममा बस्ने बमजनका अनुयायी आए। उनी जितपुर सिमगरा उपमहानगरपालिका-१६ डुमरवानाका जसबहादुर वाइबा थिए । उनले ललाइफकाइ गर्दै पुन: आश्रममै फर्काएर लगे।

कहिलेकाहीँ घर आउने गरेका आले त्यसपछि भने फर्केनन् । आश्रम जान्न भनिरहेको छोरो फर्केर नआएपछि नन्दमाया र बुवा हस्तबहादुरको मनमा चिसो पस्यो । उनीहरू सुरेशलाई खोजी गर्न थाले ।  यो सिलसिलामा आश्रम पुगे, सुरेशलाई भेटेनन्।

नन्दमाया र हस्तबहादुर सुरेशलाई फकाएर आश्रममा फर्काउने जसबहादुर वाइबाको घरैसम्म पुगे । तर, उनको घर पुग्दा जसबहादुरले सुरेशकुमार थाइल्याण्ड गइसकेको बताए । बुवाले आश्चर्य मान्दै सोधे - पासपोर्ट नै बनाएकै थाहा छैन, कसरी गयो थाइल्याण्ड?

जसबहादुरले जवाफ फर्काए - खै, कसरी भन्ने, मैले पनि फेसबुकबाट थाहा पाएको हुँ।

जसबहादुरले त्यसो भनेपछि उनीहरू फनक्क फर्किए । तर, सुरेशकुमार त वर्षदिन होइन, तीन वर्षसम्म फर्केर आएनन् । फेसबुकमा कतै भेटिएनन् । त्यसपछि शंका गर्दै जसमाया र हस्तबहादुर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए ।

त्यहाँ छोरा हराइरहेकाले खोजी गरिदिन भनी निवेदन दिए। उनीहरूको निवेदन २०७५ पुस १२ गते दर्ता भएको थियो ।  प्रहरीले त्यसको दुई महिनापछि फागुनमा जसबहादुर र निजगढका अर्का अनुयायी विजयलाल चौधरीलाई बोलाएर सोध्यो ।

जसबहादुरले पहिलेकै कुरा दोहोर्‍याए - थाइल्याण्ड ।  विजयलालले भने - उनी त नुवाकोटकी एउटी केटी लिएर दक्षिण कोरिया गए ।  ‘सिन्धुपाल्चोकमा हामी सँगै बसेका हौं, गुरुसँगै तपस्या पनि गरेको हो,’ विजयलालले प्रहरीमा गरेको कागजमा उल्लेख छ ।

यो कागज २०७५ साल फागुनमा गरिएको थियो । त्यहाँको प्रहरीले यत्ति कागज त गरायो, तर त्यो फागुन कति गतेको हो उल्लेख नै गरेन । निवेदन दिएको थाहा पाएपछि विजयलालले सुरेशका बुवा-आमा दुबैलाई धम्क्याएका थिए। ‘तिमीहरूले निवेदन दिएछौ, यो गुरुको विरुद्धमा भयो, ठिक भएन,’ विजयलालको धम्की यस्तो थियो । जसबहादुर बमजनका विश्वास पात्र मानिन्थे।

कहिले थाइल्याण्ड, कहिले दक्षिण कोरिया गएका सुरेशकुमार अहिलेसम्म कहाँ छन् कसैलाई पत्तो छैन। जब, रामबहादुर बमजन पक्राउ परे त्यसपछि सुरेशसहित अन्य बेपत्ता चार जनाको खोजी सुरू भएको छ। र, विगतमा प्रहरीमा गरिएका कागजहरू पल्टाउन थालिएको छ। ती कागजात अहिले अनुसन्धानका विषय बनिरहेका छन्।

‘खै कहाँ छन् भन्ने कुरा त अनुसन्धानकै विषय बनेको छ, भर्खर त मानिस पक्राउ गरियो,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘खोजी सुरू भएको छ, हेरौं अनुसन्धानले केही न केही तथ्य फेला पार्ने कुरामा आशावादी हुनुपर्छ।’

ब्युरोका एक अधिकृतका अनुसार सुरेशका बुवा-आमा दुबै बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा पुगेका छन्। उनीहरूले बमजनको विरूद्धमा निवेदन तयार पार्दैछन् । बारामा पहिल्यै गरिएको कागजात अनुसार बमजनको आश्रममा सुरेशकुमार २०६३ सालमै अनुयायी बन्न गएको देखिन्छ। आश्रममा कसरी नजिक भए भन्ने स्पष्ट छैन।

बुवा-आमाले कहिलेकाहीँ बमजनको तपस्या हेर्न गएको भन्नेसम्म पत्ता लगाएका थिए भन्ने कुरा छ। कहिलेकाहीँ जाने-आउने गर्दागर्दै सुरेशकुमार आश्रममै बस्न थालेको प्रहरीले सुनेको छ।

सुरेशका बुवा-आमाले प्रहरीमा गरेको कागजअनुसार अनुयायी बन्न जानुअघि सुरेशकुमार गाउँकै बोर्डिङ स्कुलमा पढाउँथे। उनी प्लस टु पास गरेका व्यक्ति थिए । उनको अंग्रेजी भाषामा दखल थियो। यसरी पढाउँदा पढाउँदै बमजनको आश्रम पुगेका सुरेशकुमार न थाइल्याण्ड पुगेको, न दक्षिण कोरिया पुगेको यथेष्ट प्रमाण भेटिएको छ। न पहिले तात्तातो अवस्थामा प्रहरीले खोजी नै गर्‍यो।

बमजन अहिले नाबालिका आनीमाथि बलात्कार र यौनशोषणको आरोपमा सर्लाहीमा पुर्‍याइएका छन्। सर्लाहीकी ती आनीले आनीले बमजनविरूद्ध २०७१ सालमै जाहेरी दिएकी थिइन् ।  जबकि, त्यसको चार वर्षपछि सुरेशका बुवा-आमा खोजतलासको निवेदन लिएर जाँदा पनि बारा प्रहरीले खासै चासो लिएर हेरेको देखिन्न।

प्रहरी आश्रमसम्म पुगेको भने देखिन्छ। बमजनले भू-तपस्था गर्ने स्थान, ध्यान गर्ने पीपलको बोट र बस्ने आश्रमको तस्बिर त्यसबेला खिचिएको देखिन्छ।  ‘त्यसबेला प्रहरीमा खासै बमजनविरुद्ध उजुरी थिएन, खोजीको निवेदन परेको बेला आफन्तले धाकधम्की सहेको कुरा कागजमा देखिन्छ,’ ब्युरोका ती अधिकृतले भने।

ती अधिकृत सुरेशलाई जंगलभित्रै हत्या गरेर गाडेको आशंका गर्छन्। ‘अन्यथा, उनी विदेशमा थिए भने कि सम्पर्क गर्थे, कि फर्किन्थे,’ ती अधिकृत भन्छन्, ‘नेपालमै भए त केही न केही पत्ता लाग्छ नि।’ यसको छिनोफानो अबको अनुसन्धानले गर्ने उनी बताउँछन्।

सर्लाहीको अनुसन्धान र सुनुवाई सकिनासाथ बमजनलाई बारा लैजाने प्रहरीको तयारी छ। यतिबेलासम्ममा निजगढको जंगलबाट केही तथ्य उजागर हुनेतर्फ अनुसन्धान अधिकृत विश्वस्त देखिन्छन्। ‘त्यसबेला को-को आनी बस्थे, अनुयायी को-को थिए, तिनीहरूसम्म पुग्ने हाम्रो योजना छ,’ ती अधिकृतले भने।

२०७० मै बमजनलाई निजगढबाट हटाइएको एकातर्फ प्रहरी बताउँछ भने अर्कोतर्फ अनुयायीहरू २०७५ सालसम्म त्यहीँ बस्थे भन्ने तथ्य विरोधाभाषपूर्ण छ। बमजनलाई मात्र लखेट्यो, अनुयायीहरूलाई किन लखेटिएन? प्रश्नमा त्यतिबेलाका अनुसन्धान अधिकृत भन्छन्, ‘हामीले हाम्रो पालामा बमजनलाई जसरी भए पनि लखेट्यौं, पछि अरूले के-के गरे, किन बस्न दिइरहे भन्ने कुरा थाहा भएन।’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending