काठमाडौं । संघिय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रि सुदन किराती संग छलफल गरेका छन् ।
सिंहदरवार स्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै “अन्तरधार्मिक आयोग“ गठन गर्न मन्त्रि किराती संग एकैस्वरमा माग गरेका हुन् ।
छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य एकनाथ ढकालले धार्मिक क्षेत्रले शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नु पर्ने बताउदै अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि प्रकाश पारे ।
साे क्ररममा मन्त्रि किरातीले आफु देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरुसंग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको बताउदै प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड“ लाई भेटि थप प्रकाश पार्न सुझाब दिएका छन् ।
उनले बिबिधता नेपालको सम्पति र सुन्दरता रहेको भन्दै मध्य पहाडी क्षेत्रमा बहुसांकृतिक महारेखाको अबधारणा अघि सार्ने भन्दै निकट भविष्यमा मन्त्रालयले सांकृतिक सम्लेलन गर्ने जानकारी दिए ।
छलफलमा धार्मिक अगुवाहरु भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा. केबी रोकाय, डा. महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशव प्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहांग, बहाई गुरु डा. नरेन्द्र पाण्डे, डा.पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेती लगाएत विभिन्न आठ धार्मिक समुदायको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: