काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई सार्वजनिक गुठीको संरचनामा जान बाध्य नपारिने बताएकाछन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)को २६औँ स्थापना दिवसका अवसरमा शुक्रबार विद्यालय शिक्षा विधेयक र निजी विद्यालयको भूमिका विषयक छलफलमा उनीहरुले संविधानमा शिक्षा र सम्पत्तिको हक रहेकाले ती दुवैको समायोजन हुने गरी निजी विद्यालयलाई व्यवस्थित गरिने बताएका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालयको स्तर सुध्रन्छ भन्ने आफ्नो पार्टीको मान्यता नरहेको उल्लेख गर्दै सामुदायिक र निजी विद्यालय एकार्काका विरोधी नभई परिपूरक भएको स्पष्ट गरे । पूर्वमन्त्री लेखकले संविधानको तीनखम्बे नीतिलाई अँगाल्दै मुलुकका योग्य नागरिक उत्पादन गर्ने विषय शिक्षाको केन्द्रविन्दु हुने बताए ।
नेकपा (एमाले) का नेता एवं पूर्वसांसद विशाल भट्टराईले निजी विद्यालयलाई बेवास्ता गरेर कानुन बनाउन नसकिने तर नियमन भने गर्नुपर्ने बताउँदै गुठीमा जाने विषय बाध्यकारी नभई स्वेच्छिक गरिनुपर्ने धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वशिक्षामन्त्री शिशिर खनालले हाल सञ्चालित निजी विद्यालयलाई २० वर्षपछि गुठीमा परिणत गर्ने गरी विधेयकमा आफूहरुले संशोधन गरेको जनाउँदै शिक्षा व्यापार नभई सेवा हो भन्ने सोचलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले मुलुकमा सामुदायिक विद्यालयले शिक्षाको भार थेग्न नसकेको बेला सरकारकै स्वीकृति लिएर सञ्चालन गरिएका निजी विद्यालयलाई आयु तोकेर बन्द गर भनिनुले लगानीकर्तामा निरुत्साहन हुने र गुणस्तरीय शिक्षाको चाहना अधुरै रहनु हो भन्ने जिकिर गरे । उनले विधेयकमा निजी विद्यालययको योगदानलाई अभिसाप नभई वरदानका रुपमा लिने गरी समावेश हुनुपर्ने माग गरे ।
उक्त विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: