काठमाडौं । गएको मंगलबार काठमाडौं हात्तीगौंडाबाट पक्राउ परेका कथित तपस्वी रामबहादुर बम्जन पुर्पक्षका लागि कारागारचलान भएका छन् । सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो ।
जलेश्वर कारगारमा पुगेपछि जीमखानाको माग गरेका छन् । बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका उनले कारागारमा जीमको सुविधा मागेका हुन् ।
बम्जन पक्राउ परेका घरभित्र जिमखाना नै खडा गरेको भेटिएको थियो । घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम समेत थियो ।
बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेका कारगारका एक कर्मचारीले बताए । आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधेका थिए ।
कारगार साँघुरो भएका कारण बिहान हिँडडुल गर्ने ठाउँ मात्र रहेको र कारागारको सुविधाबारे उनलाई जानकारी गराएको कारागार प्रशासनका कर्मचारीले बताए ।
कारागारमा बम्जनसँगै अरू ५–७ जना जोगी कैदी पनि छन् । बम्जनले आफूलाई सादा खाना माग गरेकाले अरू जोगीलाई बनाएको खाना दिने कारागारले जनाएको छ । बम्जन बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका थिए ।
महोत्तरी कारागारमा पुरुष मात्र राखिएको छ । महिलालाई सिन्धुली कारागारमा राखिएको छ । कारागार साँघुरो भएकाले अरू धेरै सुविधा भने रहेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: