एजेन्सी । चीनको हेनान प्रान्तस्थित कोइला खानीमा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले शनिबार जनाएका छन् ।
दुर्घटना कोइलाखानीमा ग्याँस विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सीसीटीभीले जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।
खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ ।
यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्याङ्क अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो ।
गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८१ - २१:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छ...
मंसिर १२ गते, २०८१ - २०:५२
काठमाडाैं । विद्युत् महसुल नतिर्ने उद्योगविरुद्ध नेपाल विद्युत् प्राधिकरणले अर्काे कदम चालेकाे छ । बक्यौता नतिरेका ३४ उद्योगकाे बैंक खाता राेक्का र ने...
मंसिर १२ गते, २०८१ - २०:०८
मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भीम...
मंसिर १२ गते, २०८१ - २०:०४
धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...
मंसिर १२ गते, २०८१ - १९:५९
पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...
मंसिर १२ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:४९
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...
मंसिर १२ गते, २०८१ - १९:२२
गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...
मंसिर १२ गते, २०८१ - १९:१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...
मंसिर १२ गते, २०८१ - १९:१२
धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...
प्रतिकृया लेख्नुहोस्: