Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

७२ जनाकाे एक चिहान बनेको त्याे कालाे दिन

खबरडबली संवाददाता

पोखरा ।  २०७९ साल  नेपालकाे हजाइ इतिहासमै कालाे वर्षका रूपमा रह्याे । याे साल गण्डकी प्रदेशमा मात्रै दुई जहाज दुर्घटनामा परे ।

त्यसमा पनि माघ १ गते माघे संक्राती अर्थात् नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकता भै मिठा-मिठा खाने । विषेश गरी  कन्दमुल सखरखण्ड र तरुल खाने प्रचलन रहेकाे छ  । पोखरामा त झन एक ऐतिहासिक ढुन्ङेसाघु मेला हुने गर्छ ।

एक वर्ष अघि आजकै दिन अर्थात् माघ १ गते काठमाडौंबाट पोखराका लागि यति एयर बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जना यात्रुको एकै चिहान बन्यो । जुन दुर्घटना नेपाली हवाई इतिहासका आन्तरिक उडानतर्फकै भयानक र सबैभन्दा ठूलो दुर्घटना हो ।

विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ गरी ६८ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेका थिए ।

नेपालको हवाई दुर्घटनाको इतिहास

– ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुर्घटना भएको थियो । जुन दुर्घटनामा ४ जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो,

–१ अगस्ट १९६२ मा नेपाल वायुसेवा निगमको विमान तुलाचनधुरीमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए,

–१२ जुलाई १९६९ मा नेपाल वायुसेवा निगमको विमान हेटौँडा नजिक दुर्घटना भएको थियो । उक्त भयानक दुर्घटनामा ३५ जनाले आफ्नो ज्यान गुमाएका थिए,

–२२ डिसेम्बर १९८४ मा नेपाल वायुसेवा निगमको विमान चेकलाती डाँडामा दुर्घटना भएको थियो । यस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए,

–३१ जुलाई १९९३ मा एभरेष्ट एयरको विमान सोलीघोप्टेमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए,

–१४ जनवरी १९९५ मा नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो,

–२१ अगस्ट १९९८ मा सांग्रीला एयरको विमान म्यादीमा दुर्घटना हुँदा सवार १८ जनाकै मृत्यु भएको थियो,

–०५ सेप्टेम्बर १९९९, नेकोन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ,

–२५ डिसेम्बर १९९९, स्काइलाइन एयरवेजको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो,

–२६ फेब्रुअरी २०००, नेपाल वायुसेवा निगमको विमान बझाङमा दुर्घटना भएको थियो । जसमा १ जनाको ज्यान गयो,

–२७ जुलाई २०००, नेपाल वायुसेवा निगमको विमान, डडेल्धुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो,

–१७ जुलाई २००२, स्काइलाइन एयरवेजको विमान, सुर्खेतको गडगडे डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु,

–२२ अगस्ट २००२, सांग्रीला एयरको विमान, पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ,

–२१ अप्रिल २००४, बुद्ध एयरको विमान, त्रिभुवन विमानस्थलमा दुर्घटना, १ जनाको मृत्यु,

–५ मे २००४, यती एयरको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो,

–१२ जुन २००६, यती एयरकै विमान जुम्ला एयरपोर्टमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो,

–८ अक्टोबर २००८, यती एयरको विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा १८ जनाको मृत्यु १ घाइते,

–२४ अगस्ट २०१०, अग्नी एयरको विमान मकवानपुरमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु,

–१५ डिसेम्बर २०१०, तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भएको थियो । यसबेला विमानमा सवार २२ जनाले आफ्नो ज्यान गुमाएका थिए,

–२५ सेप्टेम्बर २०११, बुद्ध एयरको विमान,ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु,

–१४ मे २०१२ मा अग्नी एयरको विमान जोमसोम एयरपोर्टमा दुर्घटना, १५ जनाको मृत्यु ६ जना घाइते,

–२८ सेप्टेम्बर २०१२ सीता एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना, १९ जनाको मृत्यु,

–१६ फेब्रुअरी २०१४, नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु,

–२४ फेब्रुअरी २०१६, तारा एयरको विमान, म्याग्दीको दानामा दुर्घटना, सवार २३ जनाकै मृत्यु,

–२७ मे २०१७, समिट एयरको कार्गो विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा २ को मृत्यु, १ घाइते ,

–१४ अप्रिल २०१९, समिट एयरको विमान लुक्ला एयरपोर्टमै दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते,

–२९ मे २०२२, तारा एयरको विमान, सानोसरे मुस्ताङमा दुर्घटना हुँदा विमानमा सवार २२ जनाकै मृत्यु,

–१५ जनवरी २०२३, यती एयरको एटिआर ७२–५०० विमान दुर्घटना हालसम्म ६९ जनाको मृत्यु पुष्टि, ३ जना अज्ञात

नेपालमा भएका अन्तर्राष्ट्रिय विमान दुर्घटनाको भयानक अवस्था

–३० अगस्ट १९५५, कालिङ्गा एयर, सिमरामा दुर्घटना, २ को मृत्यु १ घाइते,

–१५ मे १९५६, इन्डियन एयरलाइन्स, काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु, १९ घाइते,

–२४ मार्च १९५८, इन्डियन एयरलाइन्स, पत्नेभञ्ज्याङ मा दुर्घटना हुँदा २ जनाको मृत्यु,

–१० मे १९७२, त्रिभुवन विमानस्थलमा भएको थाई एयरवेजको विमान दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए ।

–३१ जुलाई १९९२, थाई एयरवेजको विमान घ्याङफेदीमा दुर्घटना हुँदा विमानमा सवार ११३ जनाले आफ्नो ज्यान गुमाएका थिए । उक्त विमान दुर्घटना नेपालको इतिहासमा निकै भयानक विमान दुर्घटना मानिन्छ ।

–२८ सेप्टेम्बर १९९२, पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा ठोक्किँदा विमानमा सवार १६७ जना सवैको मृत्यु भएको थियो । जुन नेपालको हवाई इतिहासमा सबैभन्दा ठुलो दुर्घटना मानिन्छ ।

–०७ जुलाई १९९९, लुफ्थान्स कार्गो विमान काठमाडौंमा दुर्घटना, ५ जनाको मृत्यु,

–१२ मार्च २०१८, युए बंग्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: