Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

७२ जनाकाे एक चिहान बनेको त्याे कालाे दिन

खबरडबली संवाददाता

पोखरा ।  २०७९ साल  नेपालकाे हजाइ इतिहासमै कालाे वर्षका रूपमा रह्याे । याे साल गण्डकी प्रदेशमा मात्रै दुई जहाज दुर्घटनामा परे ।

त्यसमा पनि माघ १ गते माघे संक्राती अर्थात् नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकता भै मिठा-मिठा खाने । विषेश गरी  कन्दमुल सखरखण्ड र तरुल खाने प्रचलन रहेकाे छ  । पोखरामा त झन एक ऐतिहासिक ढुन्ङेसाघु मेला हुने गर्छ ।

एक वर्ष अघि आजकै दिन अर्थात् माघ १ गते काठमाडौंबाट पोखराका लागि यति एयर बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटिआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जना यात्रुको एकै चिहान बन्यो । जुन दुर्घटना नेपाली हवाई इतिहासका आन्तरिक उडानतर्फकै भयानक र सबैभन्दा ठूलो दुर्घटना हो ।

विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फ्रान्सेली नागरिक १ गरी ६८ जना यात्रु र ४ चालक दलका सदस्य सवार रहेका थिए ।

नेपालको हवाई दुर्घटनाको इतिहास

– ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुर्घटना भएको थियो । जुन दुर्घटनामा ४ जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो,

–१ अगस्ट १९६२ मा नेपाल वायुसेवा निगमको विमान तुलाचनधुरीमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए,

–१२ जुलाई १९६९ मा नेपाल वायुसेवा निगमको विमान हेटौँडा नजिक दुर्घटना भएको थियो । उक्त भयानक दुर्घटनामा ३५ जनाले आफ्नो ज्यान गुमाएका थिए,

–२२ डिसेम्बर १९८४ मा नेपाल वायुसेवा निगमको विमान चेकलाती डाँडामा दुर्घटना भएको थियो । यस दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए,

–३१ जुलाई १९९३ मा एभरेष्ट एयरको विमान सोलीघोप्टेमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए,

–१४ जनवरी १९९५ मा नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो,

–२१ अगस्ट १९९८ मा सांग्रीला एयरको विमान म्यादीमा दुर्घटना हुँदा सवार १८ जनाकै मृत्यु भएको थियो,

–०५ सेप्टेम्बर १९९९, नेकोन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ,

–२५ डिसेम्बर १९९९, स्काइलाइन एयरवेजको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो,

–२६ फेब्रुअरी २०००, नेपाल वायुसेवा निगमको विमान बझाङमा दुर्घटना भएको थियो । जसमा १ जनाको ज्यान गयो,

–२७ जुलाई २०००, नेपाल वायुसेवा निगमको विमान, डडेल्धुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो,

–१७ जुलाई २००२, स्काइलाइन एयरवेजको विमान, सुर्खेतको गडगडे डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु,

–२२ अगस्ट २००२, सांग्रीला एयरको विमान, पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ,

–२१ अप्रिल २००४, बुद्ध एयरको विमान, त्रिभुवन विमानस्थलमा दुर्घटना, १ जनाको मृत्यु,

–५ मे २००४, यती एयरको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो,

–१२ जुन २००६, यती एयरकै विमान जुम्ला एयरपोर्टमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो,

–८ अक्टोबर २००८, यती एयरको विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा १८ जनाको मृत्यु १ घाइते,

–२४ अगस्ट २०१०, अग्नी एयरको विमान मकवानपुरमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु,

–१५ डिसेम्बर २०१०, तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भएको थियो । यसबेला विमानमा सवार २२ जनाले आफ्नो ज्यान गुमाएका थिए,

–२५ सेप्टेम्बर २०११, बुद्ध एयरको विमान,ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु,

–१४ मे २०१२ मा अग्नी एयरको विमान जोमसोम एयरपोर्टमा दुर्घटना, १५ जनाको मृत्यु ६ जना घाइते,

–२८ सेप्टेम्बर २०१२ सीता एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना, १९ जनाको मृत्यु,

–१६ फेब्रुअरी २०१४, नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु,

–२४ फेब्रुअरी २०१६, तारा एयरको विमान, म्याग्दीको दानामा दुर्घटना, सवार २३ जनाकै मृत्यु,

–२७ मे २०१७, समिट एयरको कार्गो विमान लुक्ला एयरपोर्टमा दुर्घटना हुँदा २ को मृत्यु, १ घाइते ,

–१४ अप्रिल २०१९, समिट एयरको विमान लुक्ला एयरपोर्टमै दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते,

–२९ मे २०२२, तारा एयरको विमान, सानोसरे मुस्ताङमा दुर्घटना हुँदा विमानमा सवार २२ जनाकै मृत्यु,

–१५ जनवरी २०२३, यती एयरको एटिआर ७२–५०० विमान दुर्घटना हालसम्म ६९ जनाको मृत्यु पुष्टि, ३ जना अज्ञात

नेपालमा भएका अन्तर्राष्ट्रिय विमान दुर्घटनाको भयानक अवस्था

–३० अगस्ट १९५५, कालिङ्गा एयर, सिमरामा दुर्घटना, २ को मृत्यु १ घाइते,

–१५ मे १९५६, इन्डियन एयरलाइन्स, काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु, १९ घाइते,

–२४ मार्च १९५८, इन्डियन एयरलाइन्स, पत्नेभञ्ज्याङ मा दुर्घटना हुँदा २ जनाको मृत्यु,

–१० मे १९७२, त्रिभुवन विमानस्थलमा भएको थाई एयरवेजको विमान दुर्घटनामा १ जनाको मृत्यु भएको थियो भने ११० जना घाइते भएका थिए ।

–३१ जुलाई १९९२, थाई एयरवेजको विमान घ्याङफेदीमा दुर्घटना हुँदा विमानमा सवार ११३ जनाले आफ्नो ज्यान गुमाएका थिए । उक्त विमान दुर्घटना नेपालको इतिहासमा निकै भयानक विमान दुर्घटना मानिन्छ ।

–२८ सेप्टेम्बर १९९२, पाकिस्तान एयरलाइन्सको विमान भट्टेडाँडामा ठोक्किँदा विमानमा सवार १६७ जना सवैको मृत्यु भएको थियो । जुन नेपालको हवाई इतिहासमा सबैभन्दा ठुलो दुर्घटना मानिन्छ ।

–०७ जुलाई १९९९, लुफ्थान्स कार्गो विमान काठमाडौंमा दुर्घटना, ५ जनाको मृत्यु,

–१२ मार्च २०१८, युए बंग्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएनः मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन्। राष्ट्र...

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।  न...

काठमाडौं महानगरले निस्शुल्क लोकसेवा तयारी कक्षा चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।  शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भए...

कञ्चनपुरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट ...

सुदूरपश्चिममा एमालेको अडान कायमै, विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्‍यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूला...

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्...

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दि...

सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै

काठमाडौं ।  युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ ।  यस क्रममा समाजले शुक...

देशभर लागेकेा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  ...

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरलेसम्मान गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies