Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

बक्सिङ खेलाडी नीता गोसाई घरमै मृत भेटिइन्

खबरडबली संवाददाता

काठमाडौं।  महिला बक्सिङ खेलाडी नीता गोसाई घरमा मृत भेटिएकी छन्। मंगलबार साँझ ८ बजे भक्तपुरमा आफ्नै घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा  गोसाई मृत भेटिएकी हुन्।

परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । २७ वर्षीया गोसाई सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन् । स्रोतका अनुसार गोसाईको आगामी फागुन २ गते विवाह हुँदै थियो । भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ । 

मृतकका परिवारले एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी पनि दिएका छन् । ती युवकले दिएको यातनाका कारण घटना भएको मृतकका आफन्तको दावी छ । प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । विगतको सम्बन्धका विषयमा युवकले नितालाई यातना दिने गरेको जाहेरीमा दावि गरिएको छ ।

नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् । उनको करियरको सबैभन्दा ठूलो उपलब्धी यही नै थियो। अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न बाँकी थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...

बुटवलमा नेकपाको घरदैलो अभियान तीव्र

परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे

भक्तपुर–२ः मतको खेल कसको फाइदामा ?

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...

इमाडोलमा जलेको बस अझै सडकमैः ६ महिनादेखि अलपत्र हुँँदा दैनिक हजारौं यात्रु प्रभावित

ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...

चुनावी घेराबन्दीमा एमाले: आफ्नै आधार जोगाउनै चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...

खेतमा चिरा, भाषणमा हरियाली: सुक्खा मधेस र चुनावी मौनता

महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका...

घोषणापत्रमा चुरे प्राथमिकता, कार्यान्वयनमा कति गम्भीरता ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू देशभर मतदातामाझ सक्रिय छन्। रोजगारी, सुशासन, शिक्षा र स्वास्थ्यजस्ता...

अधिकारदेखि समृद्धिसम्म: मधेसको एजेन्डामा नेकपाको प्रतिवद्धता

जनकपुरधाम। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस र मधेसी जनताको राजनीतिक अधिकार, सामाजिक सम्मान र आर्थिक समृद्धिलाई आफ्नो मूल प्राथमिकतामा राख्दै आए...

स्थिरता र सुधारको एजेन्डा लिएर मैदानमा नेकपा: ‘तारा’ परिवर्तनको आधार भएको दाबी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहज अवस्थाबाट निकासका लागि निर्वाचन ...

नेकपाकाे निर्वाचन लक्षित ४० बुँदे निर्देशन: बुथदेखि मतगणनासम्म चेन अफ कमाण्डमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता–कार्यकर्ता र सदस्यहरूका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE