Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घ नेपाल सञ्चालन समितिको संयुक्त बैठक

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल सरकार राष्ट्रिय योजना आयोग र नेपालस्थित संयुक्त राष्ट्र सङ्घले संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहयोग कार्यढाँचा (यूएनएसडीसीएफ) २०२३–२०२७ को सञ्चालन समितिको पहिलो बैठक संयुक्त रूपमा आयोजना गरिएको छ ।

बैठकको सहअध्यक्षता योजना आयोगका उपाध्यक्ष डा‍‍‍.मीनबहादुर श्रेष्ठ र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले गरेका थिए । सन् २०२३ मा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास सहयोग कार्यढाँचा अवलम्बन गरेपछि बसेको नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घीय संयुक्त सञ्चालन समितिको पहिलो बैठकमा २०२४ कार्ययोजनामा यूएनएसडीसीएफ कार्यढाँचाअन्तर्गतका विभिन्न चार प्राथमिकता क्षेत्रबारे छलफल गरिएको थियो ।

चार क्षेत्रमा दिगो, उत्थानशील र समावेशी आर्थिक रूपान्तरण, समावेशी तथा रूपान्तरणकारी मानव विकास, वातावरणीय दिगोपन, जलवायु तथा विपद् उत्थानशीलता, सङ्घीयता, सहभागिता र समावेशीकरण छन् ।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्न र १६ औँ विकास योजना कार्यान्वयन गर्न उत्सुक रहेको बताए । साथै उनले नेपालले रोजगारीका अवसर सिर्जना गर्न, उत्पादकत्व र उत्पादक क्षमता अभिवृद्धि गर्न, प्राकृतिक स्रोतको दिगो उपयोग प्रवद्र्धन गर्न, र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधामा पहुँच बढाउन संयुक्त राष्ट्रसङ्घ स्केलेबल, रूपान्तरणकारी र प्रभावकारी सहयोग चाहेको उल्लेख गरे ।

बैठकले यूएनएसीडिसिएफ २०२३–२०२७ का प्राथमिकता नेपालको १६ औँ राष्ट्रिय योजनामा उल्लेख प्राथमिकतासँग र दिगो विकास लक्ष्यद्वारा मार्गनिर्देशन गरेअनुसार २०२४ कार्ययोजनामा सह(स्वामित्व सुनिश्चित गर्न रणनीतिक निर्देशन प्रदान गरेको छ ।   

बैठकमा संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले राष्ट्रियस्तरमा संयुक्त राष्ट्र सङ्घीय दिगो विकास सहयोग कार्यढाँचा २०२३–२०२७ संयुक्त राष्ट्र सङ्घको विकास प्रणाली सुधारको कार्यान्वयनको केन्द्रविन्दुमा रहेको बताए ।

यसले नेपालका जनता र सरकारलाई आफ्ना विकास लक्ष्य हासिल गर्न संयुक्त राष्ट्रसङ्घले कसरी सहयोग गरिरहेको छ भन्ने कुरा प्रष्ट पार्ने उनले बताए । बैठकमा नेपाल सरकारका प्रतिनिधि र नेपालस्थित संयुक्त राष्ट्रसङ्घका पदाधिकारीलगायत उपस्थित रहेका थिए ।

बैठकमा विभिन्न चार क्षेत्रका लागि आगामी वर्षका प्राथमिकतामा सहमति भएको थियो । आगामी १६ औँ राष्ट्रिय योजनामा उल्लेखित र दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घ २०३० एजेन्डाद्वारा निर्देशित भई राष्ट्रिय प्राथमिकतासँग पङ्क्तिबद्धता सुनिश्चित गर्न सहयोग ढाँचाको विकास र कार्यान्वयनको रणनीतिक निरीक्षण प्रदान गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनसँग देउवा र शेखर समूहले पनि खोज्यो टिकट, धुम्बाराहीको होटलमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...

आज उम्मेदवार टुंगो लगाउँछौँ, ‘रुख’ चिह्न लिएर आउनेलाई जिताउन लाग्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्।  सामाजिक स...

पर्साका ६२ मतदानस्थल ‘अतिसंवेदनशील’

पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...

सुदूरपश्चिममा देउवापछि को ?

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...

पूर्वमन्त्री यादव र वीरगञ्ज महानगर प्रमुख सिंह एमालेमा प्रवेश, इस्तियाक राई पनि सूर्य चिह्न लिएर उठ्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...

अमरेश सिंहलाई साथ लिएर बालेनले गरे जानकी मन्दिर दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...

चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बु क्षेत्र

सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...

पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात, छुर्पी र मुसुरो दालको व्यापारमा पनि उछाल

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending