Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

राजमार्गका ठुला होटलमा यौन धन्दा मौलाउँन थालेपछि भारतीयहरूको आवागमन बढ्न थाल्यो

खबरडबली संवाददाता

रौतहट। पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ ।

राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । बारा जिल्लाको पथलैयादेखि ढल्केबरसम्मका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो स्थानीय रूपमा बढ्दै गएको छ । भारतको बिहार राज्यमा मजिरा बन्द भएसँगै पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा खुलेका साना तथा ठूला होटलहरूमा मदिरा सेवन गर्न तथा यौन क्रियाकलाप गर्न भारतीयहरूको आवागमन बढ्न थालेको हो ।

भारतीय ग्राहकलाई लक्षित गरी राजमार्गमा साना तथा ठूला होटलहरूले यौन क्रियाकलाप गराउने गरेको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । प्रहरी प्रशासनको मिलो महत्वमै राजमार्गका होटलहरूमा अवैध रूपमा यौन क्रियाकलाप हुने गरेको गुनासो बढ्दै गएको छ ।

देशका विभिन्न स्थानबाट युवतीहरू मगाएर भारतीय ग्राहक तथा स्थानीय ग्राहकलाई लक्षित गरी होटल खोल्नेहरूको संख्या समेत बढ्दै जान थालेको छ ।

पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले समेत यौन व्यवसाय गर्न थालेको समाचार स्रोतले जनाएको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

सर्लाहीको बागमती, हरिओन, नयाँ रोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूले खुलेआम रुपमा यौनधन्दा गराउने गरेको भन्दै स्थानीयले प्रहरी समक्ष गुनासो समेत गरेका छन् । सर्लाहीको हरियोनमा रहेको शिखर होटल र सैनिक होटलमा खुलेआम यौन व्यवसाय हुने गरेको भन्दै स्थानीयले गुनासो गरेपछि इलाका प्रहरी कार्यालय हरिओनले ती स्थानमा कडाई गरेको छ ।

हरिओमा हुने यौन व्यवसायमा प्रहरीले आँखा लगाएपछि सोही स्थानमा यौन व्यवसाय गरेर कुष्ट पैसा कमाउँदै आएकाहरू यतिबेला अन्यत्र होटल खोज्दै हिँडेको जानकारहरूको भनाइ रहेको छ । हरिओन बजारमा प्रहरीले यौन व्यवसायी विरुद्ध कडा कदम चालेपछि हरियोनमा लामो समयदेखि होटल सञ्चालन गर्दै आएकाहरु रौतहटको चन्द्रनिगापुरमा होटल खोज्न थालेको जानकारहरूको भनाइ रहेको छ । हरिओनमा रहेको शिखर होटलकी सञ्चालिका हरिओनमा होटल व्यवसाय गर्न समस्या भएको भन्दै अन्यत्र घरभाडा खोज्दै हिँड्न थालेको जानकारी प्राप्त भएको छ ।

बाराको पथलैया र निजगढ बजारका होटलहरूले समेत स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा अवैध रुपमा एवं व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

प्रहरीलाई मासिक रूपमा पैसा बुझाएर होटलमा खुलेआम यौन व्यवसाय गराउनेहरूका कारण समस्या उत्पन्न हुँदै आएको निजगढका एक जानकारको भनाइ रहेको छ ।

पछिल्लो समय बाराको पथलैयादेखि ढल्केबरसम्मको राजमार्ग क्षेत्रमा बढ्दो सहरीकरण सँगै यौन व्यवसाय समेत मौलाउँदै जान थालेको छ ।

राजमार्गका साना चिया पसलदेखि ठूला लगानीका होटलसम्म पछिल्लो समय एवं व्यवसाय गर्न तत्पर रहेको बुझिएको छ। होटल तथा पर्यटन व्यवसायका नाममा केही ठूला होटलवालाहरूले पछिल्लो समय भारतीय ग्राहकलाई लक्षित गरेर राजमार्गमा यौन व्यवसाय गर्ने गरेको आरोप लाग्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending