Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

खेलकुदमा संघियता नहुँदा नेपालगञ्ज रंगशाला खण्डहर हुँदै

सांकेतिक तस्विर
खबरडबली संवाददाता

नेपालगञ्ज । मुलुकमा संघियता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा संघियता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगञ्ज रंगशालाका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । 

खेलकुदमा संघियता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगञ्ज रंगशालामा रहेका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका हुन् ।

साविक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका कार्यलय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषद अन्तरगत रहेको नेपालगञ्ज रंगशाला संघियता पछि स्थानीय तह, जिल्ला, प्रदेश कसको अन्तरगत रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साथै नबौ राष्टिय खेलकुदपछि खेलका कुनै गतिविधि समेत नभएको जानकारी दिए ।

उनले भने, ‘ यहाँ यत्रो संरचना छ । केन्द्रले नै अनिर्णयको बन्दी बनेका कारण न त खेल गतबिधि हुन सकेको छ । नत यसको संरक्षण नै ।’ उनले नेपालगञ्ज रंगशालाका लागि आवश्यक कर्मचारी तथा मर्मत संभारको जिम्मेवारी र रकम कुनै पनि नआउनु दुर्भाग्य भएको बताए ।

उनले भने, ‘म यहाँको कार्यालय प्रमुख हुँ तर यहाँ हुने कुनै पनि गतिविधि मलाई थाहा छैन । यहाँ निर्माण भएको के निर्माण हुँदै छ । त्यसको पनि जानकारी छैन । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा निर्माण भएका संरचना खण्डहर बन्दैछन एउटा नटबोल्ट कस्ने र खोल्ने अधिकार हामीलाई छैन ।’

नेपालगञ्ज रंगशालाको रेखदेख गर्ने जिम्मेवारी जिल्ला प्रदेश तथा स्थानीय तहलाई नदिएर केन्द्रले नै आफ्नो मातहातमा रखेका कारण खेलकुदका गतिविधिहरु प्रभावित बनेको उनको भानई छ ।

तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा आयोजना गर्दा २५ करोडको लागतमा निर्माण गरिएपछि खेलकुद परिषदले रंगशाला संरक्षण र सञ्चालनको अनुमती नदिदा खण्डहरमा परिणत हुने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘यति ठूलो संरचना छ । कस्को अधिनमा यसको सञ्चालन गर्ने भन्ने किटान नहुँदा यसको सरक्षण हुन सकेको छैन । यहाँ खेल गतिविधि हुन सकेको छैनन् । यसले राज्य र खेलाडि दुबैलाई घाटा हुँदै गएको छ ।’

राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य विनोद मैनालीले राज्यले खेलकुदमा नयाँ नायाँ संरचना बनाउदै जाने तर, भएका संरचनालाई संरक्षण नगर्ने रणनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकेको औल्याए  ।

उनले भने, ‘राखेपमा संघियता नआएको कारण नेपालगञ्ज रंगशाला खण्डहर भएको हो । केन्द्रमा बसेर मोफसललाई अत्यन्त न्यून अधिकारी दिने परिपाटीले खेलकुदमा खेलनीति मौलाउनु पर्नेमा राजनीति मौलाएको कारणले  संघियता कार्यान्वयन हुन नसकेको हो ।’ 

प्रतिनिधि सभामा शिक्षा स्वास्थ्य, सूचना, युवा र खेलकुद समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माले आठौ खेलकुदका संरचनाहरु राज्यले संरक्षण गर्न नसक्दा नेपालगञ्ज रंगशाला खण्डहर भएको आफुले अनुगमनका क्रममा पाएको र यसविषयमा संवन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने बताईन ।

लामो समय देखिको मर्मतसंभारको अभावका कारण करोडौ रुपैया खर्चेर निर्माण गरिएको स्टेडियम, प्याराफिट, पौडी पोखरीलगायतका खेलकुदका पूर्वाधार र संरचना खण्डहरमा परिणत भएको हो । नेपालगञ्ज रंगशालाको संरक्षण गर्न खेल गतिविधि सञ्चालन गर्नको लागि संघियताको कार्यान्वयन गरी अधिकार प्रत्यायोजन गर्न आवश्यक देखिएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy