Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

खेलकुदमा संघियता नहुँदा नेपालगञ्ज रंगशाला खण्डहर हुँदै

सांकेतिक तस्विर
खबरडबली संवाददाता

नेपालगञ्ज । मुलुकमा संघियता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा संघियता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगञ्ज रंगशालाका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । 

खेलकुदमा संघियता कार्यान्वयन नहुँदा करोडौ खर्चेर निर्माण भएका साविक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगञ्ज रंगशालामा रहेका खेलकुदका संरचनाहरु संरक्षणको अभावमा खण्डहरमा परिणत भएका हुन् ।

साविक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका कार्यलय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषद अन्तरगत रहेको नेपालगञ्ज रंगशाला संघियता पछि स्थानीय तह, जिल्ला, प्रदेश कसको अन्तरगत रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साथै नबौ राष्टिय खेलकुदपछि खेलका कुनै गतिविधि समेत नभएको जानकारी दिए ।

उनले भने, ‘ यहाँ यत्रो संरचना छ । केन्द्रले नै अनिर्णयको बन्दी बनेका कारण न त खेल गतबिधि हुन सकेको छ । नत यसको संरक्षण नै ।’ उनले नेपालगञ्ज रंगशालाका लागि आवश्यक कर्मचारी तथा मर्मत संभारको जिम्मेवारी र रकम कुनै पनि नआउनु दुर्भाग्य भएको बताए ।

उनले भने, ‘म यहाँको कार्यालय प्रमुख हुँ तर यहाँ हुने कुनै पनि गतिविधि मलाई थाहा छैन । यहाँ निर्माण भएको के निर्माण हुँदै छ । त्यसको पनि जानकारी छैन । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा निर्माण भएका संरचना खण्डहर बन्दैछन एउटा नटबोल्ट कस्ने र खोल्ने अधिकार हामीलाई छैन ।’

नेपालगञ्ज रंगशालाको रेखदेख गर्ने जिम्मेवारी जिल्ला प्रदेश तथा स्थानीय तहलाई नदिएर केन्द्रले नै आफ्नो मातहातमा रखेका कारण खेलकुदका गतिविधिहरु प्रभावित बनेको उनको भानई छ ।

तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा आयोजना गर्दा २५ करोडको लागतमा निर्माण गरिएपछि खेलकुद परिषदले रंगशाला संरक्षण र सञ्चालनको अनुमती नदिदा खण्डहरमा परिणत हुने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘यति ठूलो संरचना छ । कस्को अधिनमा यसको सञ्चालन गर्ने भन्ने किटान नहुँदा यसको सरक्षण हुन सकेको छैन । यहाँ खेल गतिविधि हुन सकेको छैनन् । यसले राज्य र खेलाडि दुबैलाई घाटा हुँदै गएको छ ।’

राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य विनोद मैनालीले राज्यले खेलकुदमा नयाँ नायाँ संरचना बनाउदै जाने तर, भएका संरचनालाई संरक्षण नगर्ने रणनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकेको औल्याए  ।

उनले भने, ‘राखेपमा संघियता नआएको कारण नेपालगञ्ज रंगशाला खण्डहर भएको हो । केन्द्रमा बसेर मोफसललाई अत्यन्त न्यून अधिकारी दिने परिपाटीले खेलकुदमा खेलनीति मौलाउनु पर्नेमा राजनीति मौलाएको कारणले  संघियता कार्यान्वयन हुन नसकेको हो ।’ 

प्रतिनिधि सभामा शिक्षा स्वास्थ्य, सूचना, युवा र खेलकुद समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माले आठौ खेलकुदका संरचनाहरु राज्यले संरक्षण गर्न नसक्दा नेपालगञ्ज रंगशाला खण्डहर भएको आफुले अनुगमनका क्रममा पाएको र यसविषयमा संवन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने बताईन ।

लामो समय देखिको मर्मतसंभारको अभावका कारण करोडौ रुपैया खर्चेर निर्माण गरिएको स्टेडियम, प्याराफिट, पौडी पोखरीलगायतका खेलकुदका पूर्वाधार र संरचना खण्डहरमा परिणत भएको हो । नेपालगञ्ज रंगशालाको संरक्षण गर्न खेल गतिविधि सञ्चालन गर्नको लागि संघियताको कार्यान्वयन गरी अधिकार प्रत्यायोजन गर्न आवश्यक देखिएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending