Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राहतमा रजाईँ

केसीकाे जवाफः चीन सरकारले पठाएको राहत सामग्री देव गुरुङका आफन्त र नातेदारलाई

खबरडबली संवाददाता

काठमाडौं । भूकम्प पीडितका लागि चीनसरकारले पठाएको राहत सामग्री नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भ्रष्टाचार गरेको आरोप लागेको छ । रुकुम जाजरकोट भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्री भ्रष्टाचारमा गुरुङको प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको हो ।

माओवादी केन्द्रकै वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसी (सन्देश) ले गुरुङमाथि यस्तो आरोप लगाएका हुन् । भूकम्प प्रभावितका लागि चिनिया कम्युनिस्ट पार्टीले पठाएको राहत सामग्रीमा महासचिव गुरुङले आफ्ना नातेदारसँग मिलेर भ्रष्टाचार गरेको र राहत सामग्रीमा करोडौँ रकम अनियमितता भएको भन्दैै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत  मंसिर २० मा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात समेत भएको थियो । सो घटनाका सम्वन्धमा केसीलाई गत पुस २८ मा बसेको पार्टी स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि उल्टै अनियमितताको आरोप लगाउँदै छानबिनको माग गरेका हुन् ।

केसीले पार्टीलाई लेखेको स्पष्टीकरणमा ‘मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको लोग्ने भएको र यी एकाघरका नातेदार रहेको तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्’ उल्लेख गरेका छन् ।
ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो । केसीले महासचिव गुरुङका नातेदार भनेर दाबी गरेका मरासिनीको ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले उक्त राहत सामग्री वितरणको जिम्मा लिएको थियो । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका– १ रिम्नास्थित केसीकै घरमा थन्क्याइएको थियो ।

आक्रमणको घटनामा आफ्नो संलग्नता रहेको भने केसीले स्विकारेका छन् । आफूले राहत वितरणमा अनियमितता भएको कुरा उठाएपछि आफूमाथि प्रहार भएको उनको आरोप छ । ‘एक परिवारलाई ४० हजारका दरले सामान दिने भनिएको थियो, पछि देव गुरुङले नै रुकुम पश्चिम पुगेर प्रति परिवार २३ हजार हाराहारीको राहत छ भन्नुभएको थियो, तर तल वितरण गरिएको सामान हेर्दा १० हजारको पनि देखिन्न, माधव नेपालले रुकुम पश्चिम पुगेर राहतमा सोलार समेत रहेको भन्नु भएको थियो त्यो पनि दिइएको छैन, ७५ प्रतिशत ठूला र बाँकी रहेको २५ प्रतिशत पनि तलकाले खाएका छन्, आठबिसकोटमा भूकम्प प्रभावितले केही पनि पाएनन्, यही विषयमा प्रश्न गर्दा मलाई कारबाही गर्न खोजियो’ उनले भनेका छन् ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी पनि आफूविरुद्ध लागेको केसीको आरोप छ । आठबिसकोट नगरपालिकाका लागि भनिएको दुई सय पिस राहत प्याकेज अध्यक्ष केसीले लुटेर सानीभेरीमा लिएको केसीले आरोप लगाएका छन् । आफूले राहत प्याकेजको गुणस्तरीयता र मात्रामा प्रश्न उठाएपछि चिनियाँ महिलासँग जाजरकोटको रिम्नामा रहेको आफ्नो घरमा सामान्य विवाद भएको र पछि उक्त महिलाले नै आफूमाथि दुव्र्यवहार गर्न खोजेपछि घटना घटेको स्पष्ट पारेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणमा केसीको जवाफ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending