काठमाडौं । माघ ८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्धप्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा शीर्षकमा चित्रकला प्रदर्शनी हुने भएकाे हाे ।
उक्त प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका आयाेजकले बताएकाे छ । साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति कार्यशाला सम्पन्न गरेको र उक्त कार्यशालामार्फत सिर्जित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला–संयोजक रबिन कोइरालले बताए ।
सिर्जिक चित्रकृतिहरु अमूर्त, मूर्त, अर्धमूर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् । कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के.कर्मचार्य सहित शशी विक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकार सहभागी भई ऐतिहासिक ६ दर्जन कलाकृति सिर्जिएको कोइरालाले बताए ।
नेपालमा साइकल संस्कृतिमैत्री आधारभूत संरचना र सभ्यता स्थापनाका लागि विविध बौद्धिक–कलात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको साइकल कल्चर कम्युनिटीको संयोजनमा कार्यशाला सम्पन्न भई चित्रकला प्रदर्शनी आयोजना हुन गइरहेको हो । कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक तारालाल श्रेष्ठले बताए । साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसँग जोडेर सिर्जनात्मक अभियानको आवश्यकता बोध भएकाले यस चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको उनले बताए ।
नेपाल कला परिषद् बबरमहल काठमाडौँमा प्रदर्शनी माघ ८ गतेदेखि माघ १४ गतेसम्म विहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म जारी रहने उनको भनाइ छ । उक्त कार्यशालाबाट सिर्जित चित्राकृति प्रदर्शनी उदघाटन माघ ८ गते १ः१५ बजे नेपाल कला परिषद्, बबरमहलमा हुने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: