Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सामूहिक चित्रकला प्रदर्शनी हुने

खबरडबली संवाददाता

काठमाडौं । माघ ८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्धप्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा शीर्षकमा  चित्रकला प्रदर्शनी हुने भएकाे हाे ।

उक्त प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका आयाेजकले बताएकाे छ । साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति  कार्यशाला सम्पन्न गरेको र उक्त कार्यशालामार्फत सिर्जित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला–संयोजक रबिन कोइरालले बताए ।

सिर्जिक चित्रकृतिहरु अमूर्त, मूर्त, अर्धमूर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् । कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के.कर्मचार्य सहित शशी विक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकार सहभागी भई ऐतिहासिक ६ दर्जन कलाकृति सिर्जिएको कोइरालाले बताए । 

नेपालमा साइकल संस्कृतिमैत्री आधारभूत संरचना र सभ्यता स्थापनाका लागि विविध बौद्धिक–कलात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको साइकल कल्चर कम्युनिटीको संयोजनमा कार्यशाला सम्पन्न भई चित्रकला प्रदर्शनी आयोजना हुन गइरहेको हो । कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक तारालाल श्रेष्ठले बताए । साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसँग जोडेर सिर्जनात्मक अभियानको आवश्यकता बोध भएकाले यस चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको उनले बताए । 

नेपाल कला परिषद् बबरमहल काठमाडौँमा प्रदर्शनी माघ ८ गतेदेखि माघ १४ गतेसम्म विहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म जारी रहने उनको भनाइ छ  ।  उक्त कार्यशालाबाट सिर्जित चित्राकृति प्रदर्शनी उदघाटन माघ ८ गते १ः१५ बजे नेपाल कला परिषद्, बबरमहलमा हुने आयोजकले जनाएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending