Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मदिराले लठ्ठ पारेर चाैरमा पालैपाले सामूहिक बलात्कार

खबरडबली संवाददाता

बनेपा  । काभ्रेपलाञ्चोकको पाँचखालमा गत पुस २७ गते १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भईन्  । पाँचखाल नगरपालिका–७ शिखरपुरमा आफ्नी साथीसँग निस्केकी उनी सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

शिखरपुर जङ्गलमा पुगेपछि सँगै गएकी अर्की किशोरी  साथीले बोलाएको भन्दै छुटिएकी उनको साथी छुट्दा जङ्गलछेउको चउरमा ४ जना केटा मान्छेसँग भेट भैसकेको थियो । 

उदयपुरको ताप्ली–८ घर भएका धिरज हमाल, भोजपुर षडानन्द–८ घर भएका घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालकसँग उनको भेट भएको थियो । उनीहरू पाँचखाल आसपासमा ज्यामी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । 

आफ्नो घरबाट करिब ५ किलोमिटर टाढा जङ्गलछेउमा पुगेकी किशोरी तत्काल एक्लै फर्किन सकिनन् । आरोपीहरू चउरमा बसेर मदिरा पिउन थाले । उनीहरुले किशोरीलाई पनि मदिरा खान आग्रह गरे । खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् ।

मदिरा खुवाएपछि शिखरपुरस्थित जङ्गल छेउकै चउरमा दुई जनाले पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए । त्यसपछि उनीहरूले किशोरीलाई घटनास्थलमा छाडेर भागेका प्रहरीलाई बताएका श्रेठको भनाइ छ  । घटनामा संलग्न चारै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रडिएसपि श्रेष्ठले बताए ।

बलात्कृत किशोरीलाई जङ्गल छेउमा एक्लै देखेपछि एक जना गाडी चालकले पाँचखाल–७ का वडा अध्यक्षलाई खबर गरेको र त्यसपछि उनलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय पाँचखालमा लगिदिएका थिए ।

किशोरीले आफू बलात्कृत भएको बताएसँगै इलाका प्रहरी कार्यालय पाँचखालका इन्स्पेक्टर राजाराम खतिवडा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । किशोरीले रुखमा सल बाँधेर आत्महत्याको प्रयास गरेको भेटिएको प्रहरीले जनाएको छ ।

रुखमा सल बाँधेको अवस्थामा प्रहरीले बरामद गरेको र राति १० बजेतिर किशोरीको उद्धार गरिएको डिएसपी श्रेष्ठले बताए । किशोरीललाई दुई जनाले बलात्कार गरेको र अरू दुई जनालाई मतियारको आरोपमा थुनामा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

पाँचखालमा सामुहिक बलात्कारको शंकामा ६० जना प्रहरी नियन्त्रणमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending