Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

मदिराले लठ्ठ पारेर चाैरमा पालैपाले सामूहिक बलात्कार

खबरडबली संवाददाता

बनेपा  । काभ्रेपलाञ्चोकको पाँचखालमा गत पुस २७ गते १९ वर्षीय किशोरी सामूहिक बलात्कारको शिकार भईन्  । पाँचखाल नगरपालिका–७ शिखरपुरमा आफ्नी साथीसँग निस्केकी उनी सामुहिक बलात्कारको शिकार भएकी हुन् ।

शिखरपुर जङ्गलमा पुगेपछि सँगै गएकी अर्की किशोरी  साथीले बोलाएको भन्दै छुटिएकी उनको साथी छुट्दा जङ्गलछेउको चउरमा ४ जना केटा मान्छेसँग भेट भैसकेको थियो । 

उदयपुरको ताप्ली–८ घर भएका धिरज हमाल, भोजपुर षडानन्द–८ घर भएका घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालकसँग उनको भेट भएको थियो । उनीहरू पाँचखाल आसपासमा ज्यामी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । 

आफ्नो घरबाट करिब ५ किलोमिटर टाढा जङ्गलछेउमा पुगेकी किशोरी तत्काल एक्लै फर्किन सकिनन् । आरोपीहरू चउरमा बसेर मदिरा पिउन थाले । उनीहरुले किशोरीलाई पनि मदिरा खान आग्रह गरे । खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् ।

मदिरा खुवाएपछि शिखरपुरस्थित जङ्गल छेउकै चउरमा दुई जनाले पालैपाले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए । त्यसपछि उनीहरूले किशोरीलाई घटनास्थलमा छाडेर भागेका प्रहरीलाई बताएका श्रेठको भनाइ छ  । घटनामा संलग्न चारै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रडिएसपि श्रेष्ठले बताए ।

बलात्कृत किशोरीलाई जङ्गल छेउमा एक्लै देखेपछि एक जना गाडी चालकले पाँचखाल–७ का वडा अध्यक्षलाई खबर गरेको र त्यसपछि उनलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय पाँचखालमा लगिदिएका थिए ।

किशोरीले आफू बलात्कृत भएको बताएसँगै इलाका प्रहरी कार्यालय पाँचखालका इन्स्पेक्टर राजाराम खतिवडा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । किशोरीले रुखमा सल बाँधेर आत्महत्याको प्रयास गरेको भेटिएको प्रहरीले जनाएको छ ।

रुखमा सल बाँधेको अवस्थामा प्रहरीले बरामद गरेको र राति १० बजेतिर किशोरीको उद्धार गरिएको डिएसपी श्रेष्ठले बताए । किशोरीललाई दुई जनाले बलात्कार गरेको र अरू दुई जनालाई मतियारको आरोपमा थुनामा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

पाँचखालमा सामुहिक बलात्कारको शंकामा ६० जना प्रहरी नियन्त्रणमा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending