Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

आयात र निर्यात दुवै घट्दा अर्थतन्त्रमा देखिएन सुधार

आयातबाट राज्यकोषमा २ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ राजश्व

खबरडबली संवाददाता

काठमाडौं । मन्दीतर्फ उन्मुख रहेको अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखिएको छैन । आयातमा आधारित नेपालको अर्थतन्त्रमा आन्तरिक माग नबढ्दा आयात–निर्यात दुबै खुम्चिएको छ । 

चालू आर्थिक वर्षको पुससम्मको अवधिमा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएसँगै अर्थतन्त्रमा गतिशीलता नदेखिएको पाइएको हो ।

यतिबेला देशको अर्थतन्त्र लामो समयदेखि शिथिलतामा छ । यस आधारमा गत आर्थिक वर्षदेखि नै निरन्तर आयात–निर्यात खुम्चँदो अवस्थामा छ । गत आर्थिक वर्ष नै घटेको आयात र निर्यातको तुलनामा चालू आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा झनै घटेको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको हो । पुस महिनासम्मको अवधिमा 

जबकि, गत आर्थिक वर्ष २०७९/८० को अवधिमा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यो ३.०९ प्रतिशतको गिरावट हो । यस्तै, पुस महिनासम्मको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२३ प्रतिशतले न्यून हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात नै घटेपछि नेपालको व्यापार घाटामा भने सुधार आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्मको अवधिमा २.६२ प्रतिशतले व्यापार घाटा सुधारिएको छ । यस अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षको यही अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी थियो । आयात र निर्यात घटेपछि यो सूचकाङ्कमा भने सुधार आएको हो ।

नेपालबाट हुने निर्यातको तुलनामा विदेशबाट हुने आयातको मात्रा ठुलो रूपमा घटेको छ । प्रतिशतका आधारमा ७ प्रतिशत निर्यात घट्दा ३ प्रतिशत मात्रै आयात घटेको देखिएको छ । तर, नेपालबाट हुने निर्यात अर्बमा र विदेशबाट हुने आयात खर्बमा छ । यस आधारमा निर्यातको तुलनामा आयात थोरै मात्रामा घट्छ । जसले व्यापार घाटा सुधारमा सहयोगी भूमिका खेल्छ ।

यस्तै, ६ महिना अवधिमा भएको आयातबाट राज्यकोषमा २ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजश्व उठेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending