Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा

खबरडबली संवाददाता

इलाम । नेपाल–भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो ।

प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको दुई सय १० राजस्व लिने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरे । उद्घाटन गर्दै उनले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने व्यवस्था नहुँदा भएको समस्या हट्दै जाने बताए । 

कार्यक्रममा कोशी प्रदेशका यातायात महाशाखा प्रमुख सुभाष कार्कीले भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा केन्द्र सञ्चालनले सहज हुने जानकारी दिए । यातायात व्यवस्था सेवा कार्यालय इलामका कार्यालय प्रमुख छवि खतिवडाका अनुसार भारतीय सवारीले पटके काट्ने तथा नेपालकै पनि रुट पर्मिट भएका सवारीले अन्यत्र जाँदा पटके काट्न उक्त केन्द्रबाट सक्ने छन् ।

भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजस्व बुझाउने व्यवस्था गरिएको छ । प्रमुख खतिवडाका अनुसार एक पटक पटके काटेका भारतीय सवारीले सात दिनसम्म कोशी प्रदेशभित्र जान पाउने व्यवस्था गरिएको छ । 

सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो । व्यापक जनगुनासोका आधारमा कार्यालय स्थापना गरिएको प्रमुख खतिवडाले जानकारी दिए । उनले भने, “केन्द्र स्थापना भएपछि सीमा क्षेत्रमा सरकारको उपस्थिति देखिनुका साथै सरकारी राजस्वसमेत बढ्ने छ ।”

केन्द्र उद्घाटन पहिलो दिन नै १५ सवारीले पटके काटेको केन्द्रले जनाएको छ । पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई केन्द्र स्थापनाले सहज हुने जनाइएको छ । केन्द्र नहुँदा भारतबाट आएका सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काट्ने गरेको थियो ।

सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले केन्द्र सञ्चालनले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकमा सकारात्मक सन्देश जाने बताए । पशुपतिनगर नाका भएर ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending