Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं  ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन्  ।  सोमबार विज्ञापन बोर्डद्धरा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवद्र्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताएकी हुन्  । 

विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेटसम्बन्धित  मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिदै उनले  अब यसबाट धेरै सुधार आउने बताइन् ।

मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौ बजेट विनियोजन हुने गरे पनि विच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताउँदै भनिन्, “अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो । विज्ञापन एजेन्सी मार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशत बाहेक वाकी बजेट सम्बन्धित मिडियामा जाने छ ।” यसमा कडाइ गर्न उनले बोर्डलाई निर्देशनसमेत दिएकी छन् ।

अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको बताउँदै मन्त्री शर्माले विज्ञापन बजार र  मिडिया क्षेत्र त्यसबाट अछुतो नरहेको बताइन् । “अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ । त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन् । त्यति विज्ञापनको बजेट सम्बन्धीत मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भई राखेको छ” मन्त्री शर्माले भनिन्, “जसले गर्दा सम्बन्धीत मिडियाले ऐन बमोजिम सेवा सुविधा परेको कुरा तोकिएको पारिश्रमिक दिन नसक्दा  श्रमजीवी पत्रकार मिडिया सञ्चालकबीच द्धन्द्ध भएको देखिरहेका छौं ।” 

उनले समग्र विज्ञापन बजारलाई स्वस्थ र पारदर्शी बनाउदै यसको दायरा फराकिलो बनाउन राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि जानकारी दिईन् । विज्ञापन बजारलाई व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडिया समेत बलियो हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् । 

उनले भनिन्, “हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्ने बारेमा बाटो खोज्दै छौं । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन् । अरु के कस्ता समस्या छन् भन्नेमा तपाइहरु भुक्तभोगी हुनुहुन्छ । विज्ञ साथीहरु आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने छ भन्ने विश्वास लिएको छु ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending