Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

प्रति बिरामी ५ सय र ७ सय ५० रुपैयाँ शुल्क थियो ‘नक्कली डाक्टर’ भट्टचार्यको

खबरडबली संवाददाता

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा पक्राउ परेका  सम्बुद्ध भट्टचार्यले प्रति बिरामी ५ सय र ७ सय ५० रुपैयाँ शुल्क सलएर चेकजाँच गने गरेको खुलेको छ । आज पक्राउ परेका मोरङको विराटनगर महानगरपालिका–२ घर भएका नक्कली डाक्टर भट्टचार्यले  धौलागिरि हिमाल पोलिक्लिनिक र उइकेयर पोलिक्लिनिकमा प्रति बिरामी  ५ सय र ७ सय ५० रुपैयाँ शुल्क लिने गरेको खुलेको हो ।

‘त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सेवारत छु’ भन्ने भट्टचार्य बसुन्धारास्थित धौलागिरि हिमाल पोलिक्लिनिक र नक्सालस्थित उइकेयर पोलिक्लिनिकमा कार्यरत थिए ।

भट्टचार्यले थाइराइडको डाक्टर भन्दै  धौलागिरिमा ४२ जना बिरामीलाई चेकजाँच गरेको र उइकेयरमा उनले ६३० जना बिरामीलाई चेकजाँच गरेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् । उनले  धौलागिरिमा एक जना बिरामी चेक गरेबापत भट्टचार्यले ५ सय रुपैयाँ र उइकेयरमा ७५० रुपैयाँ प्रति बिरामी उनको परीक्षण शुल्क रहेको जनाइएको छ ।   

पक्राउ परेका उनको साथबाट प्रहरीले ७ थान स्ट्याम्प  नक्कली प्रशंसा पत्र बरामद् गरेको छ । पूर्वमन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको प्रशंसा पत्र, डब्लुएचओले जारी गरेको प्रशंसा पत्र र चिकित्सक संघको लाइफ मेम्बर कार्ड उनको घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद प्रशंसा पत्र परीक्षण गर्दा नक्कली प्रमाणित भएको प्रहरीले जनाएको छ  । प्रहरीले ललितपुरस्थित  मेडिसिटी अस्पतालले जारी गरेको प्रशंसा पत्र पनि बरामद गरेको छ । मेडिसिटीको प्रशंसा पत्र पनि नक्कली रहेको थाहा भएको छ ।

पक्राउ पछि उनले प्रहरीसँग भनेका छन्, ‘चीनमा पढेर आएको हुँ ।’ तर, उनले चीनमा अध्ययन गरेको चिकित्सकको सर्टिफिकेट देखाउन सकेका छैनन् । नेपाल मेडिकल काउन्सिलबाट जारी उनको दर्ता प्रमाणपत्र पनि नक्कली पुष्टि भएको छ ।

आरोपी विरुद्ध इलाज सम्बन्धी कसुर र लिखितसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending