Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट १० ट्याब्लेट, स्पास्मो ३५ ट्याब्लेट, ट्रामा २ सय ट्याब्लेट र मोबाइल २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीकाे धरान उपमहानगरपालिका-१३ घर भई ललितपुर भैसेपाटी डेरा गरी बस्ने १९ वर्षीय सागर राई र ललितपुर भैसेपाटी बस्ने २८ वर्षीय अनिश मगर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतकाे बीरेन्द्रनगर नगरपालिका-११ पदमपुर बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कर्णाली प्रदेश सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-१४ साउनेपानी मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-८ बस्ने ३३ वर्षीय लक्ष्मण कुमार थापा र सोही नगरपालिका-१ बस्ने २४ वर्षीय प्रबिण तारामी रहेका छन् । अस्थायी प्रहरी पोष्ट  गोठिकाडाबाट खटिएको प्रहरीले बा.प्र ०२-०१५ प ५८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका-८ सोनापुर बस्ने २४ वर्षीय मोम्हमद शहवाज र २४ वर्षीय सन्तोष सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy