काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।”
चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए ।
“चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ। स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ। त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाउँ,” प्रधानमन्त्रीले भने, “ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्छ। तर, ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ । ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन। अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौँ।”
बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ। ...
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...




प्रतिकृया लेख्नुहोस्: