काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु ९जीबी० राईलाई जहाँसुकै भएपनि सार्वजनिक भएर सहकारी पीडितहरुको पैसा व्याजसहित तिर्न आग्रह गरेका छन् ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछानेले पत्रकार सम्मेलन आयोजनामा आफूविरुद्ध लागेका आरोपहरुको प्रमाण संकलन गरिरहेको र कानुनी उपचारमा जाने तयारी गरेको भन्दै जीबी राईलाई सरकारले किन नपक्रेको भनेर प्रश्न गरेका हुन् । ‘पूर्व उपप्रधानमन्त्रीलाई समाउन सक्ने सरकारले जीबी राईलाई किन समाउन सक्दैन र ? एकजना जीबी राईलाई समाउन सक्दैन र ? तर मलाई कताकता यो फायल खोल्दै जाँदा उहाँहरुका आफन्त धेरैको नाम आउँछ कि भनेर हो कि म हेर्दैछु उहाँहरुलाई’, लामिछानेको भनाइ छ ।
लामिछानेले जीबी राईलाई पनि जहाँसुकै भएपनि सार्वजनिक भएर पीडितहरुको पैसा व्याजसहित तिर्न आग्रह गरे । ‘र, जीबी राईजी तपाई जहाँ हुनुहुन्छ । एउटा कुनै समय टेलिभिजनमा सहकार्य गरेको मित्रको हिसाबले । यति धेरै मानिसहरु पीडित छन् । उनीहरुलाई तपाईँले कहीँबाट आएर तिनको पैसा, डिपोजिट कसरी फिर्ता गर्नुहुन्छ ? गर्नुस्’, लामिछानेले भने, ‘कुन सम्पत्ति बेचेर फिर्ता गर्नुहुन्छ । मकै पोलेर जम्मा गरेकाहरुको पैसा जस्ताको तस्तै व्याजसहित संसारको जुन कुनामा भएपनि फिर्ता गर्नुहोस् ।’ उनले सरकारसँग समेत सहकार्य गर्न अनुरोध गर्दै भने, ‘आउनुहोस्, सार्वजनिक हुनुहोस् ।’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: