Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

अस्पताल बसेरै बित्यो नवजात शिशु बेच्ने डाक्टर कर्णको कारागार समय

एकै कसुरका कर्ण र राजवंशी धरौटीमा छुट्दा शिशुका बाबु गोविन्द राईलाई थुनामै राख्ने आदेश

खबरडबली संवाददाता

विराटनगर । नवजात शिशु बेचेको कसुरमा पक्राउ परेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई उच्च अदालतल विराटनगरले धरौटीमा छोड्न आदेश दिएको दियो  । उच्च अदालत विराटनगरले विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका ६८ वर्षीय डा. कर्ण र उनीसँग यही कसुरमा पुर्पक्षका लागि थुनामा गएका सूर्यनारायण राजवंशीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो  ।

मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले उनीहरूलाई धरौटीमा छोड्न आदेश गरेको थियो । गत असोज २४ गते मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले कर्ण, राजवंशी र गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो । तर, उच्चले एकै कसुरका कर्ण र राजवंशीलाई धरौटीमा छोड्दा शिशुका बाबुसमेत रहेका राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ गते विराटनगरको ग्रिनक्रस अस्पतालमा छोरी जन्मिएकी थिइन् । नर्मल प्रसुतीमार्फत् सामान्य अवस्थामा शिशुको जन्म भएको थियो । तर, नाताभित्रकै युवतीसँगको सम्बन्धबाट जन्मिएकी शिशुको व्यवस्थापनको जिम्मा गोविन्दले डा. कर्णलाई दिएका थिए  ।

आमासँगै हुनुपर्ने ती शिशु नर्सले लिएर गए । सोही दिन अस्पतालबाट डिस्चार्ज गराएर गोविन्दले आफ्नी प्रेमीकालाई इटहरीस्थित एक होटलमा राखे । बच्चाबारे सोध्दा उपचार हुँदैछ भन्ने जबाफ दिएका गोविन्द होटल पुगेको दुई दिनपछि बेपत्ता भए ।

आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले ३२ साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिईन् । अनुसन्धानका क्रममा डा. कर्णले शिशुलाई कटहरी गाउँपालकिा–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख थियो । अस्पतालका कर्मचारीको सहयोगमा डा. कर्णले निःसन्तान दम्पतीलाई शिशु बेचेका थिए ।

अवैध सम्बन्धबाट जन्म भएको बच्चा भनेर कर्णले उक्त बच्चा व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए ।  मोरङ प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय भएको थियो ।

प्रहरीले डा. कर्णसहित ६ जनाविरुद्ध मानव बेचविखन, संगठित अपराध र मानव तस्कर गरी तीनवटा मुद्दा चलाएको थियो । जिल्ला अदालतबाट डा. कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख र ४७ वर्षीया दिलमनीदेवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए ।

थुनाको समय अस्पतालमै

बच्चा बेचेको आरोप लागेपछि मोरङ प्रहरीले डा. कर्णलाई भदौ १ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, बिरामी भएको बाहाना बनाउँदै उनी हिरासतको अधिकांश समय अस्पतालमै बसे । मोरङ प्रहरीले उनलाई हिरासत–अस्पताल डुलाइरह्यो । सुगर र प्रेस अनियन्त्रित भएको भन्दै उनले कोशी अस्पतालको २१२ नम्बरको सिंगल क्याबिन छोड्न मानेकबा तिएनन् ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार डा. कर्णको हिरासतको समय पनि अस्पतालमै बितेको थियो । ‘घटना सतहमा आएपछि बयानका लागि हामीले उहाँलाई ल्याउने तयारी गरेका थियौं, त्यसबेला उहाँ दुइटा अपरेसन सकेर बस्नुभएको रहेछ,’ उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै बिरामी भएर ढल्नुभएछ । अर्को दिन उहाँलाई बयानका लागि ल्याएका बेला पनि अस्पताल पु¥याउने–ल्याउने गर्यौं तर नियमित ल्याउनु–लैजानुपर्ने भएका कारण प्रहरीको निगरानीमा अस्पतालमै राखेका थियौं ।’

असोज २४ गते मोरङ अदालतले पूर्पक्षका लागि मोरङ कारागार पठाएपछि पनि उनी त्यहाँ अडिन सकेनन् । कर्णको उपचारमा खटिएका डाक्टरहरूले उनको स्वास्थ्य सामान्य रहेको भन्दै पटक–पटक डिस्चार्ज दिएका थिए ।

बरु डा. कर्ण अस्पताल घुमेरै बसे तर कारागार जान मानेनन् । स्वास्थ्यावस्था ठीकै हुँदा पनि उनले अस्पताल छोड्न नमानेको अस्पताल स्रोतले बतायो । प्रेसर–सुगर कन्ट्रोल भएको भन्दै यसअघि पनि चिकित्सकहरूले उनलाई डिस्चार्ज दिएको भएपनि स्वास्थ्यलाभ नभएको बहानामा क्याबिन ओगटी रहेको स्रोतको भनाइ छ । 

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेका अनुसार कारागार ल्याएकै दिन डा कर्ण बेहोस् भएका थिए । प्रहरीको निगरानीमा रहेर आफैं खर्च तिर्नेगरी असोज २६ गते कारागार प्रशासनले कागज गरिदिएको थियो ।

मोरङ कारागारमा स्वास्थ्यकर्मीको टोली पनि छ र औषधि पनि उपलब्ध हुन्छ । कर्ण आफैं पनि चिकित्सक भएका हुनाले आफ्नो इन्सुलिन आफैं लगाउन सक्थे । यस्तो अवस्थामा पनि डा. कर्णले कारागारको समय पनि अस्पतालमै बिताएका थिए । डा. कर्ण कोसी अस्पतालका पूर्वमेडिकल सुपरीटेन्डेन्ट पनि हुन् ।

कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु थिए । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट अवकाश लिएपछि उनले क्लिनिक सञ्चालन गर्दै आएका छन् । क्लिनिक सञ्चालनसँगै उनी ग्रिनक्रस अस्पतालमा पनि काम गर्न थालेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending