Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

अस्पताल बसेरै बित्यो नवजात शिशु बेच्ने डाक्टर कर्णको कारागार समय

एकै कसुरका कर्ण र राजवंशी धरौटीमा छुट्दा शिशुका बाबु गोविन्द राईलाई थुनामै राख्ने आदेश

खबरडबली संवाददाता

विराटनगर । नवजात शिशु बेचेको कसुरमा पक्राउ परेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई उच्च अदालतल विराटनगरले धरौटीमा छोड्न आदेश दिएको दियो  । उच्च अदालत विराटनगरले विराटनगर महानगरपालिका–२ तीनपैनी घर भएका ६८ वर्षीय डा. कर्ण र उनीसँग यही कसुरमा पुर्पक्षका लागि थुनामा गएका सूर्यनारायण राजवंशीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो  ।

मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले उनीहरूलाई धरौटीमा छोड्न आदेश गरेको थियो । गत असोज २४ गते मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले कर्ण, राजवंशी र गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो । तर, उच्चले एकै कसुरका कर्ण र राजवंशीलाई धरौटीमा छोड्दा शिशुका बाबुसमेत रहेका राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ गते विराटनगरको ग्रिनक्रस अस्पतालमा छोरी जन्मिएकी थिइन् । नर्मल प्रसुतीमार्फत् सामान्य अवस्थामा शिशुको जन्म भएको थियो । तर, नाताभित्रकै युवतीसँगको सम्बन्धबाट जन्मिएकी शिशुको व्यवस्थापनको जिम्मा गोविन्दले डा. कर्णलाई दिएका थिए  ।

आमासँगै हुनुपर्ने ती शिशु नर्सले लिएर गए । सोही दिन अस्पतालबाट डिस्चार्ज गराएर गोविन्दले आफ्नी प्रेमीकालाई इटहरीस्थित एक होटलमा राखे । बच्चाबारे सोध्दा उपचार हुँदैछ भन्ने जबाफ दिएका गोविन्द होटल पुगेको दुई दिनपछि बेपत्ता भए ।

आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले ३२ साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिईन् । अनुसन्धानका क्रममा डा. कर्णले शिशुलाई कटहरी गाउँपालकिा–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख थियो । अस्पतालका कर्मचारीको सहयोगमा डा. कर्णले निःसन्तान दम्पतीलाई शिशु बेचेका थिए ।

अवैध सम्बन्धबाट जन्म भएको बच्चा भनेर कर्णले उक्त बच्चा व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए ।  मोरङ प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय भएको थियो ।

प्रहरीले डा. कर्णसहित ६ जनाविरुद्ध मानव बेचविखन, संगठित अपराध र मानव तस्कर गरी तीनवटा मुद्दा चलाएको थियो । जिल्ला अदालतबाट डा. कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख र ४७ वर्षीया दिलमनीदेवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए ।

थुनाको समय अस्पतालमै

बच्चा बेचेको आरोप लागेपछि मोरङ प्रहरीले डा. कर्णलाई भदौ १ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, बिरामी भएको बाहाना बनाउँदै उनी हिरासतको अधिकांश समय अस्पतालमै बसे । मोरङ प्रहरीले उनलाई हिरासत–अस्पताल डुलाइरह्यो । सुगर र प्रेस अनियन्त्रित भएको भन्दै उनले कोशी अस्पतालको २१२ नम्बरको सिंगल क्याबिन छोड्न मानेकबा तिएनन् ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार डा. कर्णको हिरासतको समय पनि अस्पतालमै बितेको थियो । ‘घटना सतहमा आएपछि बयानका लागि हामीले उहाँलाई ल्याउने तयारी गरेका थियौं, त्यसबेला उहाँ दुइटा अपरेसन सकेर बस्नुभएको रहेछ,’ उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै बिरामी भएर ढल्नुभएछ । अर्को दिन उहाँलाई बयानका लागि ल्याएका बेला पनि अस्पताल पु¥याउने–ल्याउने गर्यौं तर नियमित ल्याउनु–लैजानुपर्ने भएका कारण प्रहरीको निगरानीमा अस्पतालमै राखेका थियौं ।’

असोज २४ गते मोरङ अदालतले पूर्पक्षका लागि मोरङ कारागार पठाएपछि पनि उनी त्यहाँ अडिन सकेनन् । कर्णको उपचारमा खटिएका डाक्टरहरूले उनको स्वास्थ्य सामान्य रहेको भन्दै पटक–पटक डिस्चार्ज दिएका थिए ।

बरु डा. कर्ण अस्पताल घुमेरै बसे तर कारागार जान मानेनन् । स्वास्थ्यावस्था ठीकै हुँदा पनि उनले अस्पताल छोड्न नमानेको अस्पताल स्रोतले बतायो । प्रेसर–सुगर कन्ट्रोल भएको भन्दै यसअघि पनि चिकित्सकहरूले उनलाई डिस्चार्ज दिएको भएपनि स्वास्थ्यलाभ नभएको बहानामा क्याबिन ओगटी रहेको स्रोतको भनाइ छ । 

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेका अनुसार कारागार ल्याएकै दिन डा कर्ण बेहोस् भएका थिए । प्रहरीको निगरानीमा रहेर आफैं खर्च तिर्नेगरी असोज २६ गते कारागार प्रशासनले कागज गरिदिएको थियो ।

मोरङ कारागारमा स्वास्थ्यकर्मीको टोली पनि छ र औषधि पनि उपलब्ध हुन्छ । कर्ण आफैं पनि चिकित्सक भएका हुनाले आफ्नो इन्सुलिन आफैं लगाउन सक्थे । यस्तो अवस्थामा पनि डा. कर्णले कारागारको समय पनि अस्पतालमै बिताएका थिए । डा. कर्ण कोसी अस्पतालका पूर्वमेडिकल सुपरीटेन्डेन्ट पनि हुन् ।

कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु थिए । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट अवकाश लिएपछि उनले क्लिनिक सञ्चालन गर्दै आएका छन् । क्लिनिक सञ्चालनसँगै उनी ग्रिनक्रस अस्पतालमा पनि काम गर्न थालेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy