Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

पुरानै अस्पतालको नाम परिवर्तन गरेर उद्घाटन

खबरडबली संवाददाता

विराटनगर । कोसी प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका–१४ मा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको छ । सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसर पारेर सो अस्पतालको उद्घाटनसमेत गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री कार्की र प्रतिनिधिसभा सदस्य डा। शेखर कोइरालाले शिलालेख अनावरण गर्दै संयुक्त रूपमा अस्पताल उद्घाटन गरेका हुन् । साविकको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई रूपान्तरण गरी सरकारले एक सय शैय्याको हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको हो ।

गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको विशिष्टीकृत उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले बताएका छन् । प्रदेशमा मुटुुरोगका दुई लाख बढी बिरामीहरू रहेको भन्दै उनीहरूको सफल उपचारका लागि उक्त अस्पताल सञ्चालनमा ल्याइएको कार्कीले बताए । प्रदेशमा दुई लाख मुटुका बिरामी भएको र उनीहरूको सफल उपचारका लागि अस्पतालको कल्पना गरिएको उनले बताए । 

मुटुसम्बन्धी समस्या भएका बिरामी नआएसम्म अस्पतालबाट तत्काल सबै प्रकारका सेवा प्रदान गर्ने तयारी प्रदेश सरकारको छ । विशिष्टीकृत सेवा प्रवाहका लागि अस्पतालमा हाल दुई जना मुटुरोग विशेषज्ञ, एक जना फिजिसियन, एक जना एमडिजिपी र तीन जना मेडिकल अफिसरको टिम तयारी अवस्थामा छ ।

ती जनशक्तिमार्फत् हृदयरोग केन्द्रलाई सञ्चालन गर्ने तयारी गरिएको कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाले बताइन् । गत मंसिर ९ गते आएको चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमा सरकारले अस्पतालका लागि साढे पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि चार करोड ५० लाख रुपैयाँ आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ । बाँकी रहेको एक करोडमध्ये ५० लाख चिकित्सक तथा कर्मचारीको तलब र ५० लाख अस्पतालकै स्तरोन्नतिमा खर्च गर्ने तयारी सरकारको छ । शल्यक्रिया र क्याथ ल्याबसहित पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न अझै करिब ६ महिना समय लाग्ने कोसी प्रदेश सरकारले जनाएको छ ।

अस्पताललाई रिसर्च सेन्टरको रूपमा समेत प्रयोग गर्ने तयारी सरकारको छ । गरिबका छोराछोरीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाएर शैलजा आचार्य हृदयरोग केन्द्रमा रोजगारीको वातावरण मिलाउने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरेको छ ।

नाम फेर्दै उद्घाटन गर्दै 

विराटनगर–१४ मलायारोडस्थित नेसनल ट्रेडिङ लिमिटेडको पुरानो गोदाम घरमा सञ्चालित अस्पतालको नाम तीनपटक फेरिइसक्यो । २०७६ सालमा ‘कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र’ नाम दिएर उक्त अस्पताल सञ्चालनमा ल्याइएको थियो । कोरोना भाइरस संक्रमितको उपचारका लागि तत्कालीन प्रदेश १ सरकारले ५० शय्याको अस्पताल सञ्चालन गर्न थालेको थियो ।

कोरोना महामारीका बेला करोडौं रकम खर्च गरेर सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा दुई हजार तीन सय ४२ जना कोभिड संक्रमितले उपचार गराएका थिए । कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो । 

२०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपिडीसमेत सञ्चालनमा ल्याएको थियो । प्रदेश सरकारले अस्पताल भवन निर्माण र स्वास्थ्य उपकरण खरिद गरी दुई अर्बभन्दा बढी खर्चेएिर उक्त अस्पताल बनाएको थियो । तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेका थिए भने त्यहाँ कार्यरत जनशक्ति पनि फुर्सदिला बनेका थिए ।

सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आइसियु र ४७ वटा एचडियु प्रयोगविहीन बनेपछि प्रदेश सरकारले त्यसैलाई हृदयरोग केन्द्र बनाएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending