Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

पुरानै अस्पतालको नाम परिवर्तन गरेर उद्घाटन

खबरडबली संवाददाता

विराटनगर । कोसी प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका–१४ मा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको छ । सोमबार मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसर पारेर सो अस्पतालको उद्घाटनसमेत गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री कार्की र प्रतिनिधिसभा सदस्य डा। शेखर कोइरालाले शिलालेख अनावरण गर्दै संयुक्त रूपमा अस्पताल उद्घाटन गरेका हुन् । साविकको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई रूपान्तरण गरी सरकारले एक सय शैय्याको हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको हो ।

गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको विशिष्टीकृत उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको मुख्यमन्त्री कार्कीले बताएका छन् । प्रदेशमा मुटुुरोगका दुई लाख बढी बिरामीहरू रहेको भन्दै उनीहरूको सफल उपचारका लागि उक्त अस्पताल सञ्चालनमा ल्याइएको कार्कीले बताए । प्रदेशमा दुई लाख मुटुका बिरामी भएको र उनीहरूको सफल उपचारका लागि अस्पतालको कल्पना गरिएको उनले बताए । 

मुटुसम्बन्धी समस्या भएका बिरामी नआएसम्म अस्पतालबाट तत्काल सबै प्रकारका सेवा प्रदान गर्ने तयारी प्रदेश सरकारको छ । विशिष्टीकृत सेवा प्रवाहका लागि अस्पतालमा हाल दुई जना मुटुरोग विशेषज्ञ, एक जना फिजिसियन, एक जना एमडिजिपी र तीन जना मेडिकल अफिसरको टिम तयारी अवस्थामा छ ।

ती जनशक्तिमार्फत् हृदयरोग केन्द्रलाई सञ्चालन गर्ने तयारी गरिएको कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाले बताइन् । गत मंसिर ९ गते आएको चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमा सरकारले अस्पतालका लागि साढे पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि चार करोड ५० लाख रुपैयाँ आपूर्ति व्यवस्थापन केन्द्रलाई पठाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ । बाँकी रहेको एक करोडमध्ये ५० लाख चिकित्सक तथा कर्मचारीको तलब र ५० लाख अस्पतालकै स्तरोन्नतिमा खर्च गर्ने तयारी सरकारको छ । शल्यक्रिया र क्याथ ल्याबसहित पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न अझै करिब ६ महिना समय लाग्ने कोसी प्रदेश सरकारले जनाएको छ ।

अस्पताललाई रिसर्च सेन्टरको रूपमा समेत प्रयोग गर्ने तयारी सरकारको छ । गरिबका छोराछोरीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाएर शैलजा आचार्य हृदयरोग केन्द्रमा रोजगारीको वातावरण मिलाउने प्रतिबद्धतासमेत सरकारले व्यक्त गरेको छ ।

नाम फेर्दै उद्घाटन गर्दै 

विराटनगर–१४ मलायारोडस्थित नेसनल ट्रेडिङ लिमिटेडको पुरानो गोदाम घरमा सञ्चालित अस्पतालको नाम तीनपटक फेरिइसक्यो । २०७६ सालमा ‘कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र’ नाम दिएर उक्त अस्पताल सञ्चालनमा ल्याइएको थियो । कोरोना भाइरस संक्रमितको उपचारका लागि तत्कालीन प्रदेश १ सरकारले ५० शय्याको अस्पताल सञ्चालन गर्न थालेको थियो ।

कोरोना महामारीका बेला करोडौं रकम खर्च गरेर सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा दुई हजार तीन सय ४२ जना कोभिड संक्रमितले उपचार गराएका थिए । कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो । 

२०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपिडीसमेत सञ्चालनमा ल्याएको थियो । प्रदेश सरकारले अस्पताल भवन निर्माण र स्वास्थ्य उपकरण खरिद गरी दुई अर्बभन्दा बढी खर्चेएिर उक्त अस्पताल बनाएको थियो । तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेका थिए भने त्यहाँ कार्यरत जनशक्ति पनि फुर्सदिला बनेका थिए ।

सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आइसियु र ४७ वटा एचडियु प्रयोगविहीन बनेपछि प्रदेश सरकारले त्यसैलाई हृदयरोग केन्द्र बनाएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending