काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका–९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको हो ।
उनी जाहेरीकर्ताको बुबा रहेको र त्यसलाई भेरिफाइ गरिरहेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए । उनको भाइलाई बेलाएको रआएपछि थाहा हुने उनको भनाइ छ । प्रहरीका अनुसार, डकाहाबाट भिमानतिर जाँदे गरेको प्र २–०४–००१ त ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ । अनुसन्धान बल्ल सुरु भएको र अहिलेसम्म शंकास्पद विषयहरु नदेखिएको उनले बताए ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - २२:३०
सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...
पौष २० गते, २०८१ - २२:३०
सर्लाही । सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२१
काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...
पौष २० गते, २०८१ - ०९:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...
पौष २० गते, २०८१ - ०८:५३
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...
पौष २० गते, २०८१ - ०८:००
काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...
पौष २० गते, २०८१ - ०७:५८
जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...
पौष २० गते, २०८१ - ०७:४४
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...
प्रतिकृया लेख्नुहोस्: