रौतहट। रौतहटको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ।
भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको छ।
ईशनाथ ५ जटहारा गाउँमा रहेको सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको हो।
आगजनीको घटना सार्वजनिक भएलगत्तै सो क्षेत्रका नेतृत्व गर्ने प्रतिनिधिसभा सदस्य किरण कुमार साह,नेपाल प्रहरी सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ९एसपी० सहितको टोली घटनास्थलमा पुगेको छ।
विगत लामो समयदेखि रौतहट संसदीय निर्वाचन क्षेत्र २ मा दुई समुदायबीच विभिन्न विषयमा पटकपटक विवाद हुँदै आएको कारण यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष चासो देखाएको छ।
जटहरा गाउँ छेउ मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ।
आगलागीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले पराल राखेर मंगलबार राती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ । घटनाबारे स्थानीयले बुधबार बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको प्रवक्ता डिएसपी गिरीले जानकारी दिएकी छन्।
सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न सांसद साहले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।
आगलागीबाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५ बर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याएर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: