Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा

खबरडबली संवाददाता

एजेन्सी । अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले भारतलाई धन्यवाद दिएको छ ।

अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत् भारतको प्रशंसा गरेको हो ।  

चालीस हजार लिटर मालाथिन कीटनाशक आपूर्ति गरि आधिकारिक रूपमा तालिबान नियन्त्रित अफगानिस्तान सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयलाई हस्तान्तरण गरिएको स्रोतले जनाएको छ । 
  
सुक्खा क्षेत्रहरूमा यसको प्रभावकारिता र न्यूनतम पानीको प्रयोगका लागि परिचित मालाथियनलाई सलह नियन्त्रणमा महत्वपूर्ण उपकरण मानिन्छ । यस सहायताले अफगानिस्तानमा तत्कालको खतरालाई सम्बोधन मात्र नगरी छिमेकी मध्य एसियाली देशहरूमा सलह फैलावट रोक्न पनि काम गर्नेछ ।

यसअघि तालिबान नियन्त्रित कृषि मन्त्रालयले पनि चाबहार बन्दरगाहमार्फत् गरिएको उक्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेको थियो ।

उपलब्ध सहायताले अफगानिस्तानमा सलह रोक्नदेखि लिएर विशेष गरी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानजस्ता मध्य एसियाली देशहरूबाट आएको सलहको समस्यालाई पनि रोकी यस क्षेत्रका बाली उत्पादनमा प्रभावकारी भूमिका खेल्नेछ । 

सलह वनस्पति–विनाश गर्ने क्षमताहरूका लागि परिचित मानिन्छन् । सलहको ठूलो मात्रामा उपस्थितिले सम्भावित रूपमा खाद्य सुरक्षालाई खतरामा पार्न सक्छ ।

सन् २०२० को सुरुमा छिमेकी पाकिस्तानमा सलहको अत्यधिक खतराको कारण देशले राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । उक्त समयमा, भारतले पनि राजस्थान, गुजरात, पन्जाब, मध्य प्रदेश, उत्तर प्रदेश र महाराष्ट्रजस्ता धेरै राज्यहरूमा ठुलो मात्रामा सलहको आक्रमणको सामना गरेको थियो ।     

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ: सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...

क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ...

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ ।  काठमाडौं उपत्यका ट्राफिक ...

जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आ...

पेडारी खोलामा पक्की पुल निर्माण

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।  २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो...

बाढीले सिँचाइ प्रणालीमा दुई करोडको क्षति

जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड  बराबरको भौतिक क्षति...

सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध हुनुपर्छ: विप्लव

चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy