Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

५ करोडको हरित पार्क निर्माण योजनालाई ८ हजार

खबरडबली संवाददाता

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–१ उदीपुर गाउँको शीरमा रहेको कालिका सामुदायिक वन ६८ हेक्टर जमिनमा फैलिएको छ ।  यो वनमा उदीपुर गाउँका १७२ घरधुरी उपभोक्ता  रहेका छन् ।

२०५२ सालदेखि नै स्थानीयले संरक्षण गरेको यो सामुदायिक वनले उपभोक्ताको जीवनस्तरसँग जोडिने र आयस्रोत बढाउने कामसमेत गरेर पटक पटक पुरस्कृतसमेत भइसकेको छ । २ किलोमिटर परबाट पाइपमा ल्याएको पानी खसालेर समितिले वनको बीचमा वन्यजन्तु र चराचुरुंगीका लागि पोखरी निर्माण समेत गरेको छ ।

पोखरी निर्माण गरिसकेपछि समितिका पदाधिकारीलाई लाग्यो, पर्यापर्यटनका लागि वनको बीचमा रहेको टापुमा त हरित पार्क नै पो निर्माण गर्नुपर्छ । समितिले हरितपार्क निर्माण गर्ने योजनालाई मूर्त रुप लिन विस्तृत अध्ययन प्रतिवेदन पनि तयार पार्‍यो । जसअनुसार पार्क निर्माण गर्नका लागि करिब ५ करोड रुपैयाँको लागत अनुमान तयार गरियो । हरित पार्क निर्माण गर्न बेंसीसहर नगरपालिका धाउँदा धाउँदा गरेपनि  बजेट नपरेको उपभोक्ता समितिका सचिव तीर्थराज अधिकारीले बताए ।

नगरपालिकाबाट बजेछ नपरेपछि यसपटक प्रदेशबाटै बजेट पार्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन दर्ता गराएको उनको भनाइ छ । आफ्नै नेतृत्वमा मन्त्रालय पुगेर बजेट माग्दै निवेदन पेश गरेको  उनले बताए ।  उपभोक्ता समितिको कामलाई वडाले ३ लाख रुपैयाँ दिएको उाले बताए ।  

प्रदेशले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रम जिल्लामा गएपछि डिभिजन वन कार्यालय लमजुङले समितिलाई खबर गर्‍यो । उत्साहित हुँदै वन कार्यालय पुगेका उपभोक्ताहरु त्यतिबेला खंग्रङ्ग परे, जतिबेला हरितपार्क निर्माणका लागि प्रदेशबाट जम्मा ८ हजार रुपैयाँ परेको छ भन्ने थाहा पाए । ‘८ हजार रुपैयाँ बजेट परेको भनेपछि त सबै दंग पर्‍यौं । उपभोक्ताहरुबीच छलफल गर्दा सबै जना चकितै परे,’ सचिव अधिकारीले भने, ‘८ लाख होला बजेट परेको भनेर फेरि पक्का गर्‍यौं तर ८ हजार नै रहेछ । त्यो त कार्यालय जाँदाआउँदा लाग्ने खर्च पनि नपुग्ने बजेटले के गर्न हो, हाँस्नु कि रुनु भइयो ।’

८ हजार बजेट लिने कि नलिने भन्ने विषयमा उपभोक्ताहरुले छलफल गरे । उनीहरुले लमजुङकी प्रदेश सांसद टीका बस्याललाई बजेटबारे यथार्थ बुझिदिन आग्रह गरे । बस्यालले आइतबार सार्वजनिक लेखा समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातारणतर्फ छलफल हुँदा यो विषय राखिन् ।

प्रदेश सरकारले हरित पार्क निर्माण गर्ने नाममा ८ हजार रुपैयाँ बजेट दिएको सुनेपछि समितिका सदस्यहरु नै गलल हाँसे । ‘यो खास के भएको हो, ८ हजार रुपैयाँ पनि बजेट पर्छ ? बाहिर भन्न र सुन्न पनि लाज लाग्ने कुरा छ, प्रदेश सरकार पनि आफ्नै छ’, कांग्रेसकी प्रदेशसभा सदस्य बस्यालले भनिन्, ‘उपभोक्ताले हामी विषय सार्वजनिक गर्छौं भनिरहेका छन्, यस्तो कसरी हुन्छ जवाफ दिनुपर्‍यो ।’

मन्त्रालयका सचिव डा. रामचन्द्र कंडेलले यसबारे अनविज्ञता प्रकट गरे । ‘यस्तो त नहुनुपर्ने हो । यो गल्तीले यस्तो भएको होला, के रहेछ, म बुझेर स्पष्ट पार्ने छु’, सचिव कँडेलले जवाफ दिए ।

८ हजार रुपैयाँको योजना कार्यान्वयनका निम्ति उपभोक्ता समिति र डिभिजन वन कार्यालय लमजुङबीच सम्झौतासमेत भइसकेको छ । पार्क बनाउने भनिएको ठाउँमा ८ हजारको फलामे बेन्च हाल्न अध्यक्ष रीता बुढाथोकीले सम्झौता गरिसकेको सचिव अधिकारीले बताए ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले बजेट ८ हजार रुपैयाँ नै परेको र आफूहरुसमेत यसले चकित परेको बताए । ‘वार्षिक कार्यक्रममा आइसकेपछि संशोधन गर्न पनि मिल्दैन । त्यो कार्यान्वयन नै गर्नुपर्‍यो कि पर्काउनुपर्‍यो’, पण्डितले भने, ‘सिस्टममा चढाउँदा गल्तीले यस्तो भएको हुन सक्छ । अर्को पटक थप्न सकिएला तर यसपटक यही नै हो ।’

गण्डकी प्रदेश सरकारले यसपटक भौतिक पूर्वाधारतर्फ सडकमा ३० लाख र खानेपानी तथा सिँचाइतर्फ कम्तीमा १० लाखभन्दा सानो बजेट विनियोजन नगर्ने नीति लिएको छ । तर, सामाजिक विकास, स्वास्थ्य, खेलकुद, वन तथा वातारणको क्षेत्रमा ससाना बजेट पनि छुट्याइएको भन्दै संसदमै आलोचना भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending