सल्यान । सल्यानमा किसानहरुले आफ्नै गाउँठाउँमा पशुचौपायाको निःशुल्क उपचार पाएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा बुधबार मात्रै दुई हजार १३२ पशुपन्छीको परिक्षण तथा उपचार गरिएको छ । वडा कार्यालयको व्यवस्थापन तथा गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा निशुल्क पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर सञ्चालन गरिएको थियो । शिविरबाट १०१ किसानले आफ्नै गाउँठाउँमा सेवा प्राप्त गरेका हुन् ।
शिविरमा ९३५ भेडाबाख्रा, १७१ गाइगोरु र ९३० कुखुराको उपचार तथा औषधि वितरण गरिएको गाउँपालिकाको पशु विकास शाखा प्रमुख पशु सेवा प्राविधिक राम बहादुर केसीले जानकारी दिए । यस्तै ७७ भैसी, ७ सुंगुर, बंगुरको परिक्षण र उपचार गरिएको तथा १२ कुकुरलाई रेविज विरुद्धको खोप दिइएको उनले जनाए ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले पशुपालन व्यवशायलाई प्रवद्र्धन गर्नका लागि यस्ता शिविर तथा कार्यक्रमले सहयोग पुर्याउने बताइन् । यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहालले पशुपालनलाई व्यवस्थीत गर्दै लगेमा यसले किसानहरुको आर्थिक अवस्थालाई मजबुत बनाउदै लैजाने बताए ।
शिविरमा बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको थियो । शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स पनि प्रदान गरिएको नायव पशु सेवा प्राविधिक चेता वलीले जानकारी दिइन् ।
यसपछि छत्रेश्वरी गाउापालिकाको वडा नम्बर ७ मा यहि माघ १२ गते, वडा नम्बर ४ मा १४ गते शिविर सञ्चालनको तयारी भएको र अन्य वडामा मिति पछि तय गरिने गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: