Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सुस्ता बचाउ आन्दोलनलाई बलियो बनाउन सराेकारवालाकाे आग्रह

खबरडबली संवाददाता

रुपन्देही । लामो समय भारतबाट अतिक्रमित नवलपरासीको सुस्तामा आन्दोलनको अगुवाइ गरेका स्वर्गीय गोपाल गुरुङकै कारण स्थानीयले अहिले धेरै अधिकार पाएको सरोकारवालाले बताएका छन् ।

गत वर्ष निधन भएका गुरुङको स्मृतिमा सुस्तामा बुधवार आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाहरूले गुरुङले थालेको अभियानकै कारण धेरै नेपालीले अधिकार पाएको बताएका हुन्  ।

नेपाल प्रहरीमा रहेका गुरुङ आफूले पाउने सबै सुविधा त्यागेर सुस्तामै पुगेर घर बनाएर बसेका थिए भने सुस्ता बचाउ अभियान चलाएर निरन्तर आन्दोलनको नेतृत्व गरेका थिए ।बुधवार सुस्तास्थित जनता दलित आधारभूत विद्यालय परिसरमा गरिएको कार्यक्रममा विभिन्न राजनीतिक दलका अगुवा, सुस्ता बचाउ अभियानलाई साथ दिएका अभियन्ता, गुरुङको परिवार तथा सबै सुस्तावासीले उनको योगदानको स्मरण गर्दै गुरुङले थालेर बाँकी रहेका केही कामहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त, सांसद देवकरण कलवार सन्तु, अभियानका सल्लाहकार कृष्ण शर्मा गैरे, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका निर्देशक ओमबहादुर खड्का, सुस्ता वडा नं ५ का वडाध्यक्ष प्रभुनारायण यादव, महिला नेतृलैला वेगम, स्वर्गीय गुरुङका छोरी प्रसन्त गुरुङले स्वर्गीय गुरुङले थालेको अभियानलाई साथ दिएर निष्कर्षमा पुराउने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी सुस्ता बचाउ आन्दोलनमा योगदान दिएका स्वर्गीय रामानन्द हरिजनको भूमिकालाई पनि उनीहरूले चर्चा गरेका थिए । सभामुख तुलराम घर्तीले सुस्ताको समस्या देशकै समस्या भएकाले सबै मिलेर समाधान गर्नुपर्ने बताउँदै आन्तरिक विकासका काममा प्रदेश र स्थानीय सरकारको समन्वयमा गर्दै जानुपर्ने बताए ।

लालपुर्जा र नागरिकताको समस्यालाई संघीय सरकारबाट टुङ्ग्याउनुपर्ने भए पनि विकासमा समस्या स्थानीय र प्रदेशले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । देशको अधिकांश सीमामा समस्या भएमध्ये सुस्ता सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील स्थान भएको उनले बताए ।

सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभासद् देवकरण कलवारले सुस्ताको विकास र शान्ति कायम गर्नका लागि आफू सधै अगाडि उभिने बताउँदै सडक निर्माण, जनता आवास कार्यक्रम चलिरहेको जनाए ।

सुस्ताबासीको पीडालाई मलहम लगाउने गरी अभियान थाल्न आग्रह गर्दै उनले प्रदेश सरकारले प्रतिव्यक्ति ३ लाख ४० हजार लागतमा बन्ने जनता आवास परियोजना चलाएर सुस्तामा विकास शुरु गरेको उनले बताए । जसअन्तरगत १५० घर बन्दैछन ।

कार्यक्रममा युवा अभियन्ता योगेन्द्र गौतमले स्वर्गीय गुरुङ आफ्नो सुविधा छोडेर सीमावासीका पीडाको रक्षक भएर लामो समय योगदान गरेकोले त्यो योगदानको सबैले स्मरण गर्नुपर्ने जनाए । उनले गुरुङ प्रहरी सेवाबाट सेवानिवृत भएपछि समेत समाज र देशका लागि नै महत्त्वपूर्ण योगदान दिएर राष्ट्रियताको पिलर बनेर बसेको बताए ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सीमामा खटिँदा यहाँका बासिन्दाहरूको पीडालाई बुझेका सुरुङ सेवा निवृत्त भएपछि यही आएर निरन्तर लागेको बताए । स्थानीयसँग अभियानलाई साथ लिएर नेपाली भूमि बचाउन गुरुङको योगदान महत्त्वपूर्ण रहेको उनले स्मरण गरे ।

सिमाङ्कन (दशगजा) नभएको कारण जग्गा नाप्न रोकिएको विषयप्रति उनले दुखेसो गर्दै संघीय सरकारबाट नै यस विषयमा चासो लिएर छिटो टुङ्गाउनुपर्ने बताए । लालपुर्जा भएको, स्वामित्वमा रहेको जग्गाधनीको समेत तिरो लिन कार्यालयलाई समस्या आएको उनको भनाइ छ ।  सुस्ता वडा नं ५ का वडाध्यक्ष प्रभुनारायण यादवले नागरिकता, जग्गाको समस्या समाधानका लागि निरन्तर आफूहरू आवाज उठाउँदै आएको बताए ।

कार्यक्रममा कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण शर्मा गैरेले देशको पूर्वपश्चिम सीमामा एउटै समस्या भएको बताए । भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले पुर्जा भएकालाई तिरो चलाउने र यथासम्भव कार्यान्वयन गराउने, बाढीपीडितका रूपमा नाप नक्सा भएको जग्गामा प्रतिऐलानी जग्गामा बसोबास गरेर सीमा र सार्वभौमिकताहरू लडाइँमा रहेकाहरूलाई जग्गाविहीन बनाउन नहुने बताए । सुस्ता विशेष क्षेत्र हो भनेर समस्या फुकाउन स्थानीय सरकारबाट काम थालनी गर्नुपर्ने उनको भनाइ थियो ।

महिला नेतृ लैला वेगमले भारतबाट मात्र नभई नेपाल सरकारबाट आफूहरू पीडित भएको गुनासो गरिन् । उनले हरेक कामका लागि सुस्तावासी भारतमा निर्भर हुनुपरेको भन्दै भारतीय प्रहरीबाट परिचय माग्ने तर आफूहरू त्यसबाट वञ्चित हुनुपरेको बताइन् ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष आदम हुसेन खाँले स्व गुरुङको योगदानबारे स्मरण गर्दै धेरै काम गर्न बाँकी रहेको र सुस्ताको विषयमा स्थानीय, प्रदेश सरकारबाट कुरा उठ्नु पनि निक्कै ठूलो कुरा भएको बताए । उनले अब केही समयमा सुस्ताका विषयमा नागरिकता र लालपुर्जा दिने काम अगाडि नबढाइए अदालत जाने उनले घोषणा गरे ।

आदमले गुरुङले अगाडि सारेको सीमा मिचिएका सबै क्षेत्रको अवलोकन गरेर अभियानले नयाँ रिपोर्ट सार्वजनिक गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending