Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

मधेशमा प्रभु साह नेतृत्व पार्टीको बन्दको आंशिक प्रभाव: ठाउँ ठाउँमा प्रदर्शन, सैयौं प्रदर्शनकारी पक्राउ

खबरडबली संवाददाता

रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ।

राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो।

बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आव्हान गरिएको बन्द लाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु प्रदेशको राजधानी जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा आज बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन।  पार्टी निकट आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा जनकपुरमा आज बिहान प्रदर्शन गरिएको थियो।

जनकपुर बाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिगतको तुलनामा कम चलेको छ। पसल ब्यापारिक प्रतिष्ठानहरु पूर्ववत चलेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी श्याम कुमार कुशवाहाले बताएका छन्। प्रदेशको अन्य जिल्लाका मुख्य सहर तथा बजार हरुमा पनि साना ठूला पसलहरु सञ्चालनमा रहेको छ।

हाल चिसोको कारण पनि पसल तथा ब्यापारिक प्रतिष्ठानहरु अलि ढिलो खुल्ने भएकाले बन्द जस्तो देखिएपनि बन्दको खासै प्रभाव नपरेको प्रवक्ता कुशवाहाले दाबी गरेका छन। पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको सुरक्षार्थ ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ। जनकपुर लगायत प्रदेशको अन्य जिल्लाहरुमा पनि टायर बालेर प्रदर्शन गर्ने प्रदर्शनकरूहरु पक्राउ परेका छन् तर संख्या यकिन नभएको उनले बताए। बन्दको कारण प्रदेशको कुनै पनि जिल्लामा अहिले सम्म कुनै अप्रिय घटना नभएको प्रवक्ता कुशवाहाले जानकारी दिएका छन।

उता रौतहटको कटहरिया चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेको कटहरिया बाट आज बिहान एउटा टाटासुमो काठमाडौंको लागि खुलेको छ भने नारायणघात, हेटौंडा, बिरगंज जाने बसहरू नचलेको काउन्टर ईन्चार्ज बसरुदिन अन्सारीले बताएका छन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्व पश्चिम राजमार्गमा बिगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडकखण्डमा पनि चल्ने गाडीको संख्या कम देखिएको छ।

यसैबीच मधेश बन्द सफल पार्न आजपा कार्यकर्ताहरु बिहानै जनकपुर , लालबन्दी,गौर , कलैया , बिरगंज, चन्द्रनिगाहपुर लगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन।

आईटी आर्मीका केन्द्रिय अध्यक्ष चन्द्रभुषण साहले आजको बन्दी पूर्ण रुपमा सफल भएको दाबी गरेका छन। प्रदेशको राजधानी जनकपुरमा ई रिक्सा बाहेक सार्वजनिक सवारीसाधन चलेका छैन भने सरकारी गाडीलाई प्रहरीले स्काटीङ गरेर चलाएको छ। प्रदेशको सबै जिल्लाको अवस्था उस्तै छ, सबै जिल्लामा सवारीसाधन न्यून संख्यामा चलेको छभने पसलहरु पनि विगतको तुलनामा निकै कम खुलेको अध्यक्ष साहले बताएका छन। जनकपुर बाट मात्रै प्रहरीले आजपाका २०० बढी कार्यकर्ता नियन्त्रणमा लिएको छ भने अन्य जिल्लाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ।

बन्दलाई पूर्ण प्रभावकारी बनाउन आजपा कार्यकर्ताहरुले बुधवार साँझ जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा मसाल जुलुस प्रर्दशन गरेका थिए। बैंक तथा वित्तिय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने माग सहित आजपाले लामो समय देखि बिभिन्न खाले आन्दोलन गर्दै आएको छ ।

मधेश बन्दको क्रममा पक्राऊ परेका आजपाका शिर्ष नेताहरु:  
१. जनकपुरको रामानन्दचौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीको अध्यक्ष चन्द्रभुषण साह लगायत दर्जनौलाई धनुषा प्रहरी कार्यालयमा राखेको
२. आजपा उपाध्यक्ष रीता देवी साह, उपमहासचिव अरुण घिसिंग, सचिव एवं पुर्वसांसद समीना हुसैन, आईटी आर्मीको उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मालाई लगायत सयजनालाई प्रहरी प्रदेश कार्यालयमा
३. आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता र इंचार्य सिमल साहलाई प्रहरीद्वारा दुर्व्यवहार सहित गिरफ़्तार
४. प्रदेश अध्यक्ष उमेश कुशवाहा र मा। प्रभु साहको स्वकीय सचिव बिजय यादव लगायत दर्जनौलाई बीरगंज जिल्ला प्रहरीमा
५. रौतहट जिल्ला ईन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौ प्रदर्शनकारीलाई चपूर प्रहरीमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending