Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गुल्मी कोटवासी दुखेसो भोट दियौ पानी दिएन, वर्षौँदेखि खानेपानी हाहाकार

सांकेतिक तस्विर
खबरडबली संवाददाता

गुल्मी । गुल्मी कोटवासीले निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको बताएका छन् । खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्दै नेताहरूले भोट माग्ने र आफूहरूलाई भोट बैकको रूपमा प्रयोग गर्ने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।

काली गण्डकी गाउँपालिका वडा नम्बर एक र दुईको माथिल्लो बस्तीका स्थानीयहरूले वषौँदेखि झेल्दै आएको खानेपानीको समस्या जस्ताको तस्तै रहेको  छ । उनीहरूले गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूले गाडीबाट पानी ढुवानी गरेर पिउने गरेका छन् । 

वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका स्थानीयहरूले हिउँद लागेपछि मुहान सुक्दै जाँदा गाडीबाट पानी ढुवानी गरेर पिउन बाध्य भएको स्थानीय युवा तिलक रानाले गुनासो गरे । स्थानीय सरकार र सम्बन्धित निकायले समस्या समाधानका लागि पहल नगर्दा अझै कहिलेसम्म पानी ढुवानी गरेर पिउनु पर्ने हो भन्दै उनले प्रश्न गरे ।

एक पटक गाडीमा पानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताए । पानी पनि तेल जस्तो गरी प्रयोग गर्नुपरेको उाको भनाइ छ । यस्तै काली गण्डकी २ कोटका लक्ष्मीपति न्यौपानेले पिउने पानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताए । 

यहाँका करिब एक सय घरधुरीहरूले वर्षौँ देखी खानेपानीको समस्या झेल्दै आएका छन् । नेताहरूले निर्वाचनमा पानी खुवाएरै छाड्छौ भन्ने र निर्वाचन जितेपछि सबै बिर्सने समस्या रहेको स्थानीयहरूले दुखेसो गरेका छन्  । 

बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।

ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण भएको कार्यालयका प्रमुख अनुजकुमार उपाध्यायले बताए । यस वर्ष  १५ लाख बजेट भएको र उक्त बजेटले यस वर्ष पनि योजना सम्पन्न गर्न नसकिने उनको भनाइ छ । त्यहाँको समस्या बारे आफू जानकार रहेको बताउँदै १५ लाखको बजेटबाट विद्युतीकरण गर्नका लागि कार्य अगाडि बढाएको उनको भनाइ छ ।

यता काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी खुवाउनका लागि आफूले प्रयास गरेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending