गुल्मी । गुल्मी कोटवासीले निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको बताएका छन् । खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्दै नेताहरूले भोट माग्ने र आफूहरूलाई भोट बैकको रूपमा प्रयोग गर्ने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।
काली गण्डकी गाउँपालिका वडा नम्बर एक र दुईको माथिल्लो बस्तीका स्थानीयहरूले वषौँदेखि झेल्दै आएको खानेपानीको समस्या जस्ताको तस्तै रहेको छ । उनीहरूले गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूले गाडीबाट पानी ढुवानी गरेर पिउने गरेका छन् ।
वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका स्थानीयहरूले हिउँद लागेपछि मुहान सुक्दै जाँदा गाडीबाट पानी ढुवानी गरेर पिउन बाध्य भएको स्थानीय युवा तिलक रानाले गुनासो गरे । स्थानीय सरकार र सम्बन्धित निकायले समस्या समाधानका लागि पहल नगर्दा अझै कहिलेसम्म पानी ढुवानी गरेर पिउनु पर्ने हो भन्दै उनले प्रश्न गरे ।
एक पटक गाडीमा पानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताए । पानी पनि तेल जस्तो गरी प्रयोग गर्नुपरेको उाको भनाइ छ । यस्तै काली गण्डकी २ कोटका लक्ष्मीपति न्यौपानेले पिउने पानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताए ।
यहाँका करिब एक सय घरधुरीहरूले वर्षौँ देखी खानेपानीको समस्या झेल्दै आएका छन् । नेताहरूले निर्वाचनमा पानी खुवाएरै छाड्छौ भन्ने र निर्वाचन जितेपछि सबै बिर्सने समस्या रहेको स्थानीयहरूले दुखेसो गरेका छन् ।
बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।
ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण भएको कार्यालयका प्रमुख अनुजकुमार उपाध्यायले बताए । यस वर्ष १५ लाख बजेट भएको र उक्त बजेटले यस वर्ष पनि योजना सम्पन्न गर्न नसकिने उनको भनाइ छ । त्यहाँको समस्या बारे आफू जानकार रहेको बताउँदै १५ लाखको बजेटबाट विद्युतीकरण गर्नका लागि कार्य अगाडि बढाएको उनको भनाइ छ ।
यता काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी खुवाउनका लागि आफूले प्रयास गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: