Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन् । पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २० औं लोकस प्राविधिक महोत्सव उद्घाटन गर्दै उनले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौं भनेर संकल्प गर्ने बेला आएको बताएकी हुन्  ।

‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ ।  सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरुले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरुसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौं हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौं’– उनले भनिन्– ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौं ।’

उनले अध्ययन अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिडेको बाटोलाई कहिल्यै नबिर्स र त्यसरी प्राप्त गरेको विज्ञता देशका लागि प्रयोग विद्यार्थीहरुलाई आग्रह गरिन् । मन्त्री शर्माले भनिन्– ‘अब पुरानो पुस्ताको योगदानको उचित सम्मान गर्दै देश बनाउने जिम्मा नयाँ पुस्ताले लिनुपर्छ । त्यसमा पनि अझै आजको सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले नै देश बनाउने कामको अगुवाई गर्नुपर्छ । त्यसका लागि तपाइँ नयाँ पुस्ताले समृद्ध नेपालको सपना देख्नुपर्छ ।’

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो भन्ने नयाँ पुस्ताको गुनासोलाई मध्यनजर गरी इतिहासमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट नेतृत्व चयनको प्रक्रिया थालनी गरिएको जानकारी दिंदै उनले अब यसरी नै सबै विश्वविद्यालय र विद्यालयहरुमा पहुँच होइन, योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिंदै जानुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताईन् । 

‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको मुख्य कार्यदिशा अंगिकार गरेर हरेक क्षेत्रमा रुपान्तरणकारी योजना अघि बढाउन खोजिरहेको छ, त्यसमा तपाइँहरुको साथ र सहयोग चाहिएको छ’– मन्त्री शर्माले भनिन्– ‘फेरि पनि दोहोर्याउन चाहन्छु, अब देश बनाउने नयाँ पुस्ताले हो, तपाइँहरु हरेक जनाले म यो देशको सफल नेतृत्व गर्न सक्छु भन्ने सपना देख्नुपर्छ ।’

विश्वमा एकपछि अर्को सूचना प्रविधिको विकास भइरहेको बेला अब यसबाट भागेर होइन, यसको उचित प्रयोग र आवश्यक विकास गरेर मात्रै देशलाई अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले अब मुलुक डिजिटल रुपान्तरणविना कुनै पनि क्षेत्रमा अगाडि बढ्न नसक्ने नि स्पष्ट गरिन् ।
 
मन्त्री शर्माले भनिन्– ‘सबै क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल नेपाल निर्माण गर्ने र त्यसमार्फत नै जनताको दैनिक जीवनलाई सहज बनाउँदै समृद्धिको बाटोमा अघि बढ्नसक्ने छौं । डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र त्यसलाई परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो प्राथमिकता हो ।’

पछिल्लो समय विकसित रोबोटिक्स, एआई, आइओटी, ब्लकचेन जस्ता नवीनतम क्षेत्रमा पनि राज्यको स्पष्ट धारणा निर्माण गर्ने र ती सबै प्रविधिलाई मुलुक र नागरिकको हितमा प्रयोग गर्ने सवालमा योजना बनाउन अब ढिलाई गर्न नहुने स्पष्ट गर्दै उनले नेपालको आफ्नै स्याटेलाइट हुनुपर्छ भन्ने सरकारको मान्यता रहेको बताउइन् । 

सञ्चार तथा सूचना प्रविधिमा आफ्नै देशको माटो सुहाउने अध्ययन अनुसन्धान आवश्यक रहेको औल्याउँदै उहाँले यसमा सहयोग पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढिसकेको र सातै प्रदेशमा यस्ता एक्सिलेन्स सेन्टर स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy