Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

गाँजाको कुलतमा फस्दै राैतहटका युवाहरू

खबरडबली संवाददाता

रौतहट । रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्।

जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् । 

रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा राखेर गाँजा तान्ने गर्दछन् । पढेलेखेका शिक्षीत तथा आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतलमा वा अन्य पलास्टिकको बोतलमा फलामको पाईप जोडेर गाँजा खाने गरेका छन् । 

यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गाँजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । प्रत्येक दिन बिहान र साँझ प्रायः कटहरिया स्थित माध्यमिक बिधालय वरिपरि, बिधालय छेउ पोखरीको डिलमा,र लालबकैया नदिको पुल तथा नदिको बांध माथी, तथा गाँउमा जहाँ निःशुल्क वाईफाई चलेको छ युवाहरुको चहलपहल हेर्न सकिन्छ । 

उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा  जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन । यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे ।

कोरोना कालमा सरकारले गरेको लकडाउन पछि कटहरिया, गरुडा, फातुवा विजयपुर, देवाहि गोनाहि, गुजरा, बृन्दाबन,बाराको आदर्श कोतवाल लगायत दर्जनौं स्थानीय तहका युवाहरू गांजाखान पल्केका छन । एकपटक गाँजा खान सुरु गरेपछि युवाहरू दिनदिनै गाँजाको अमली हुन थालेका छन । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रणको लागि पहल गरेको देखिएन । 

कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए सँगै स्थानीय  युवाहरु गाँजा खान आकर्षित भएको एकजना जानकारले बताएका छन । 

त्यतिमात्र नभई दिनभरि गाँजा खाएर बस्ने युवाहरुले पैसाको जोहो गर्न ससाना चोरीका घटना देखि विभिन्न अपराधिक क्रियाकलापमा  लागिरहेको कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन। युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ता तथा अपराधिक क्रियाकलापमा लागेपछि समाजको लागि ठुलो चिन्ताको बिषय बनेको वडा अध्यक्ष कुशवाहाले दुःख ब्यक्त गरेका छन ।

केही तस्करले तस्करीमार्फत मकवानपुर जिल्लाको विभिन्न ठाउँबाट रौतहट र बारा जिल्लाको अधिकांश गाउँ बजारमा गाँजा ल्याउने गर्दछन् । यसरी ल्याइएको गांजा  रौतहट र बाराको अधिकांश बजारका पान पसल, ससाना किराना पसलमा सहजै सहजै खरिद गर्न पाईने हुनाले सो क्षेत्रमा लागुऔषध गाँजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

त्यस्ता पसलमा गएर गाँजा खानेहरुले ५० वाला दिनुस भनेर कोड भाषामा भनेर पैसा दिएपछि एउटा पुडिया गाँजा पाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन।
बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन ।

सुर्या अस्पताल बिरगंजका बरिस्ठ डाक्टर सरोज सिंहका अनुसार युवा अबस्थामा नियमित गाँजा सेवनले  सम्पुर्ण शरीरनै प्रभावित हुने गर्दछ ।  बिस्तारै स्मरण शक्ति कम्जोर हुने, हाई ब्लड प्रेसर ,मुटुरोग, फोक्सो, पेटमा क्यान्सर हुने र मानसिक अवस्था बिग्रेर अल्पायु मै मृत्यु हुने डाक्टर सिंहले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरी आफ्नो हिसाबले लागिरहेको बताउँछन्।
गाँउ गाँउमा विद्यालयमा साझेदारी प्रहरी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम समेत संचालन भएको छ।

कैयौं युवालाई प्रहरिले नियन्त्रणमा लिदा हारगुहार गरेर कार्वाही गर्न नदिएर स्वयं अभिभावकले जिम्मामा लानेगरेको एसपी श्रेष्ठले बताएका छन। यस्तो कुलत बाट युवा तथा आफ्ना बालबालिका लाई छुटाउन प्रहरीका साथै अभिभावकले समेत भूमिका खेल्नुपर्ने एसपी श्रेष्ठको भनाई रहेको छ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending