झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (भोली) देखि झापाबाट संवाद यात्रा सुरु गर्ने भएका छन्। महामन्त्री थापाले शनिबार विहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका छन्।
समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ। महामन्त्री थापाल शनिबार विहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन्।
पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन्। संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ। महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन्।
महामन्त्री थापा शनिबार विहान ९.३० बजेदेखि १० बजेसम्म झापा चाकमा चिया संवाद गर्नेछन्। थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ।
थापाल बुधबार विहान १० बजे कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२.३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, कन्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ। संवाद यात्रा माघ २६ गते सकिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: