Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

माओवादी केन्द्र ओलढुंगाका जिल्ला सचिव सुनुवार पक्राउ

बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा प्रहरी हिरासतमा सुनुवार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र ओलढुंगाका जिल्ला सचिव विनोद सुनुवार पक्राउ परेका छन् । ककनी गौरीवन सहकारी संस्था अध्यक्ष समेत रहेका सुनुवारलाई सहकारीका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

सुनुवारलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाले जनाएको छ । सहकारीका बचतकर्ताको लाखैं रकम हिनामिनाको आरोपमा सहकारीका उपाध्यक्ष मोलुङ गाउँपालिका- ४ हर्कपुरका पदम बहादुर खत्रीलाई पनि बुधबार नै घरबाट पक्राउ गरीएकेा जिल्ला प्रहरी कार्यालय ओखलढुंका सूचना अधिकारी प्रहरी निरीक्षक ब्लाष्टर सिंहले जानकारी दिए । 

ज्याला, मजबुरी गरेर कमाएको पैसालाई  सहकारीमा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरे पछि आफूहरुलाई ठगीएकाे भन्दै बचतकर्ताहरुले गत मंसीर १५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका थिए । उजुरी पश्चात प्रहरीले उजुरीकर्ताहरुको बचत फिर्ता गर्न सम्बन्धित सञ्चालकहरुलाई प्रहरी कार्यालयमा बोलाई छलफल गराईएको र बचतकर्ताको रकम फिर्ता गर्न एकहप्ताको समय दिएपनि त्यसपछि सहकारीका अध्यक्ष लगायतको टोली फरार भएका थिए ।

अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नगरेपछि प्रहरीले उनीहरुको विरुद्धमा पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी भएपश्चात  सहकारीका पदाधिकारीहरु फरार रहेका छन् । 

पक्राउ परेका दुवैजनालाई विहिबार जिल्ला अदालत ओखलढुंगामा हाजिरगराई म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  । सहकारीको ठगी मुद्धामा सहकारीका अन्य सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि पक्राउ पूर्जि जारी गरेर खोजी कार्य भैरहेको  प्रहरीले जनाएको छ ।

माओवदी केन्द्र जिल्ला सचिव समेत रहेका सुनुवारले विभिन्न ठेक्कापट्टामा समेत पार्टी निकट कार्यकर्ताहरुलाई काम लगाएर पैसा नदिएको र उल्टै उनीहरुलाई समेत विभिन्न बाहनामा मुद्धा हाल्ने गरेको माओवादीकै कार्यकर्ताहरु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending