Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

विश्वमा दुई मात्रै बाँकी रहेका सेतो गैंडाकाे पहिलोपटक भयाे आइभिएफवाट गर्भवती

खबरडबली संवाददाता

काठमाडाैं   । गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएकाे छ । जुन भ्रुण स्थानतरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएकाे छ । संसारमा अब दुईवटा उत्तरी सेतो गैंडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन ।

तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रबिधिवाट गैंडालाई गर्भबती बनाएका छन । 

बायो रेस्कु प्रोजेक्टलेृ भनेको छ, ‘गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ, यो ठुलो उपलब्धि हो, उत्तरी सेतो गैंडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’

उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरणले उत्तरी सेतो गैंडालाई लोप हुनबाट जोगाउने मार्ग प्रशस्त गरेको छ। वैज्ञानिक र संरक्षणवादीहरूको अन्तर्राष्ट्रिय संघ, भ्रूण स्थानान्तरण पछि गैंडाको विश्वको पहिलो गर्भ प्राप्त गर्न सफल भएको छ ।’ 

उसका अनुसार गत सेप्टेम्बर २४, २०२३ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा सेतो गैँडाको भ्रूण भिट्रोमा सङ्कलन गरिएको अण्डाकोष र शुक्रकीटबाट उत्पादन गरी दक्षिणी सेतो गैँडा सरोगेट आमामा सारिएको थियो। 

उसका अनुसार बायोरेस्क्यु टोलीले ७० दिनको गर्भ रहेको पुष्टि गर्‍यो। ६.४ सेमी लामो पुरुष भ्रूण विकसित भएको छ । सफल भ्रूण स्थानान्तरण र गर्भावस्था अवधारणाको प्रमाण हो र अब सुरक्षित रूपमा उत्तरी सेतो गैँडा भ्रूणको स्थानान्तरणमा जान अनुमति पाएको छ ।

समग्रमा सेतो गैंडाको संख्या घट्दै जानुमा मुख्यतया सिकारीको कारण मानिएकाे छ । शिकारीकाे कारणले गर्दा उनीहरुको जनसंख्या घटेको इन्टरनेशनल राइनो फाउन्डेसनले जनाएको छ।

केवल दुई उत्तरी सेतो गैंडा संसारमा बाँकी छन्  । र, उनीहरूकाे केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा ७०० एकरको घेरामा बस्छन्, जहाँ तिनीहरूलाई २४ घण्टा सशस्त्र सुरक्षा दिएर राखिएकाे छ ।

सेतो गैंडालाई लोप हुनबाट बचाउने अभियानको आधारशिलाको रुपमा यस अभियानलाइ हेरिएको साे संस्थाले जनाएकाे छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending