रौतहट । नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।
रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।
देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो । युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन । ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।
नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।
राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।
अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: