Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

त्रिभुवन विश्वविद्यालयको आईटी कोर्स (बिसीए): नेपालमै छैन मान्यता

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ। क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र बैंकमा आवेदन दिदा उक्त कोर्सलाई मान्यता नदिएपछि यसको सच्चाइ बाहिर आएको हो।

२०७४ सालदेखि सुरु भएको उक्त कोर्सको नाम ब्याचलर इन कम्प्युटर एप्लिकेसन रहे पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी तथा सामाजिक शास्त्र संकाय भित्र राखेको हुदा देश तथा विदेशमा आईटीको मान्यता नपाएको जानकारहरु बताउँछन । ४ बर्षे भनिने उक्त कोर्स सकिन ६ बर्ष सम्म लाग्ने गरेको छ। यो सुरु भएको धेरै बर्ष नभएको र २०७४ सालमा भर्ना भएकाहरुको नतिजा आएको पनि धेरै नभएको कारण यसको कमी कमजोरीहरु बाहिरिएको थिएन। पहिलो ब्याचको विद्यार्थीले बैंकको जागिरको लागि आवेदन दिदा यो कोर्सले मान्यता नदिए पछि यो तथ्य बाहिरिएको हो।

अन्य विश्वविद्यालयहरुले विज्ञान वा इन्जिनियरिङ संकायमा राखेको बिसीएलाई त्रिभुवन विश्वविद्यालयले भने मानविकी तथा सामाजिक शास्त्र भित्र राखेको छ। नेपालका विभिन्न सरकारी संस्थाले जागिर खोल्दा कम्प्युटर इन्जिनियर वा सो सरहको कम्प्युटर विषय लिई उत्तीर्ण गरेको हुनु पर्ने भनेर विज्ञापन खुलाउँदा अन्य विश्वविद्यालयका बिसीए उत्तीर्ण विद्यार्थीहरुले आवेदन दिन पाउछन् भने त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पाउदैनन । लाखौ खर्च गरेर पनि जागिर खानको लागि आवेदन दिन नपाउँदा विद्यार्थीहरु चिन्तित छन् ।

त्यसो त यो पाठ्यक्रमलाई राम्रो बनाउन कसैको ध्यान गएको छैन। आईटी कोर्ष भनेपनि पाठ्यक्रम भने ९० दशकको छ। विश्वविद्यालयले पनि पाठ्यक्रम राम्रो बनाएर विद्यार्थी बढाएर आम्दानी बढाउनु भन्दा पनि प्रश्नपत्र गाह्रो बनाएर बढी विद्यार्थी फेल गराएर पुन परिक्षा गराएर आम्दानी बढाउन तिर लागेको छ । नेपालकै सबै भन्दा ठुलो विश्वविद्यालयले लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको छ।

सबै विषय आईटी संग सम्बन्धित रहेको हुदा उक्त कोर्सलाई विज्ञान तथा प्रविधि संकायमा सार्नु पर्छ । यसको लागि न त कुनै विद्यार्थी संगठनले पहल गर्छन न त विश्वविद्यालय आफैले पहल गर्छ। जागिर खान नमिल्ने कोर्सलाई कि त विश्वविद्यालयले खारेज नै गर्नु पर्छ हैन भने प्रमाण पत्रमा मानविकी तथा सामाजिक शास्त्र भनेर उल्लेख गर्नु हुदैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending