रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्।
सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगर पालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीय छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन्।
भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सन्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाई लिएर छोरीलाई सधैँ कुटपिट गर्दै आएका ज्वाइ सुनिल बैठा र छोरीकी सासुले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन्।
छोरीलाई पटक-पटक लोग्ने, सासु र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौंमा प्रहरीमा उजुरीसमेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन्।
मृतकको १६ महिनाको छोरासमेत रहेका छन् । उनको माइती पक्षले दोषिलाई कानुनी कारबाही गर्न माग गरेको छ।
सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुइँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुण्ड्याइएको माइती पक्षको आरोप छ। हत्यामा संलग्न रहेको भन्दै ज्वाइ र उनका आमाबुवा विरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: