सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकै दिन ६ वटा पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका ६ वटा सामुदायिक बिद्यालयमा स्थापना गरिएका बालमैत्री पुस्तकालयको आइतबार एकसाथ उद्घाटन भएको हो ।
गाउँपालिका र दलित बिकास समाज, रुम टु रिडको साझेदारिमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयहरुमा पुस्तकालय उद्घाटन गरिएको हो । प्रारम्भिक कक्षाका बालबालिकाहरुको पढ्ने सीप र पढ्ने बानीको बिकास गर्नका लागि भन्दै छत्रेश्वरी १ को भानुभक्त मावि दमाचौर, लक्ष्मी आधारभुत विद्यालय जलेखर्क, वडा नम्बर ३ को जानकारी मावि दोहली, गोरखनाथ आवि सान्नानचौर, वडा नम्बर ४ को सिद्धेश्वरी आवि चौरपाटा र खडगनाथ आवि झंखानीमा एकै दिन बालमैत्री पुस्तकालय उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी ४ स्थित सिद्धेश्वरी आवि चौरपाटामा पुस्तकालय उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बालबालिकाको पढ्ने बानीको बिकास गर्नका लागि पुस्तकालयले महत्वपूर्ण टेवा पुर्याउने बिश्वास व्यक्त गरे ।
बालबालिकाहरूमा पढ्ने बानीको सुधार भएन भने उनीहरूको पढाइप्रति रूचि, चाहना, इच्छा नहुने भन्दै उनले बालबालिकाको पढ्ने बानीको सुधार गर्न पुस्तकालयको उपयोग गर्नुपर्नेमा जोड दिए ।
वडा नम्बर ३ को जानकारी मावि दोहलीमा पुस्तकालय उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले वालवालिकालाई विद्यालयमा जाने वातावरण बन्नुपर्ने भन्दै वालवालिकाको सुन्दर भविष्य निर्माणका लागि सबै लाग्नुपर्ने बताइन् ।
कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने भएकाले बालवालिकालाई आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गरी स्वतन्त्र पाठक बनाउन पुस्तकालयको स्थापना गरिएको साक्षरता कार्यक्रम सल्यानका सिनियर कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।
एक पुस्तकालयमा ७०० देखि ८०० को संख्यामा बाल पुस्तक राखिएको र प्रतेक वर्ष पुस्तकको सन्ख्या बढ्दै जाने उनले बताए । बालमैत्री पुस्तकालयमा प्रारम्भिक तहका बालबालिकाको इच्छा, चाहना, रूचि र तहअनुसारका कथा, विषयवस्तु, विधा, सामाजिक अवस्था, जीवनोपयोगी सीप र विषयवस्तु समेटिएका पुस्तकहरु राखिएको र पुस्तकालयको रेखदेख र व्यवस्थापनमा जोड दिइने गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: