Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन्  । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् । 

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए । उनले भने, “जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ।” 

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाले बताए ।  उनले भने, “इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन् ।” 

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy